२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देश विकासमा सबै दलबीच सहकार्य आवश्यक छ : प्रवक्ता श्रेष्ठ

अ+ अ-

हेटौँडा । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले व्यवस्था परिवर्तनमा जस्तै वर्तमान व्यवस्थालाई स्थापित गर्न र देश विकास गर्न सबै दलबीच एकता आवश्यक रहेको बताएका छन् ।

रेडियो सन्देशको आयोजनामा आज भएको प्रदेश नं ३ का पत्रकारको भेलामा उनले मुलुकको परराष्ट्र नीति, शिक्षा नीति तथा विकासको ठोस योजनामा आम सहमति हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । ‘राष्ट्रले विकासमा फड्को मार्न सबै दल तथा नागरिक समुदायबीच आम एकता आवश्यक छ’, उनले भने ।

उनले लोकतन्त्र विरोधी शक्तिले सत्ता हत्याउन खोज्यो भन्ने गरिए पनि प्रतिगमनकारी शक्तिले पुनःराज्य कब्जा गर्ने भन्ने कुरा कल्पना गर्नै नसकिने बताए । विस्थापित शक्ति जहिले पनि चलमलाउन खोज्नु सामान्य भएको बताउँदै नेता श्रेष्ठले लोकतान्त्रिक शक्तिले राम्रो काम नगर्ने हो भने मात्र त्यस्ता शक्तिले अवसर पाउने धारणा राखे ।

प्रवक्ता श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासनबिना देशको अर्थतन्त्रको विकास नहुने धारणा राखे । देश विकासको बाधकका रूपमा रहेको असारे विकासको अवधारणा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो । नेता श्रेष्ठले बजेट छुट्याउने तर सम्पूर्ण बजेट खर्च गर्न नसक्ने परिपाटीको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।

अब कसैलाई दोष दिएर वा कसैलाई देखाएर पन्छिने अवस्था नरहेकाले काम गरेर देखाउनु एकमात्र विकल्प रहेको उनको भनाइ थियो ।

विश्वकै सुन्दर र अत्यन्त सम्भावना भएको राष्ट्र पाएर पनि यहाँका साधन स्रोतको उचित प्रयोग गर्न नसकिरहेको अवस्थामा सबै दल, वर्ग र क्षत्रेका नागरिक एक भएर लाग्नुपर्ने उनले बताए । समृद्ध नेपाल निर्माण गर्न ठूलो दल भएकाले नेकपाले नेतृत्व गरे पनि प्रतिपक्षी दल पनि उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने उनको धारणा थियो । उनले समाजवादोन्मुख समावेशी लोकतन्त्रलाई सफल बनाउन हिजोसँगै लडेका शक्तिबीच सहकार्य आवश्यक रहेको बताए ।