२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुलिखेलस्थित मालपोत कार्यालय ‘स्मार्ट’ बन्दै

अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्ला सदरमुकाम धुलिखेलस्थित मालपोत कार्यालय ‘स्मार्ट’ बन्ने तरखरमा छ । ‘स्मार्ट मालपोत’का लागि कार्यालयले अवधारणात्मक सूचक पूरा गर्दैछ ।

स्मार्ट मालपोतको अवधारणा लागू गर्न काभ्रेपलाञ्चोक मालपोत कार्यालयले विसं २०७३ पुस ६ गतेदेखि साविक नौ गाविसबाट शुरु गरेको अनलाइन सेवा हाल सबै पालिकाबाट प्रदान गरेको छ । अनलाइन सेवालाई थप प्रभावकारी र सेवा प्रवाह छिटोछरितो गर्न २०७६ भदौ ३० गतेदेखि भू–सेवा केन्द्र शुरु गरेको, कार्यसम्पादनमा पारदर्शीताको उद्देश्यले कार्यालयमा ‘आइपी’ क्यामेरा जडान गरी सबै कर्मचारी कार्यकक्षको कामको अवलोकन कार्यालय प्रमुख, तालुक विभाग तथा मन्त्रालयबाट प्रत्यक्षरुपमा हुने गरेको, कार्यालयमा सेवाग्राहीका लागि नागरिक बडापत्र, सहायताकक्ष, गुनासो सुन्ने अधिकारी तथा सूचना अधिकारीको व्यवस्था गरिएको, सेवाग्राहीका लागि बस्ने डेस्क–बेन्च, खानेपानी तथा छुट्टै शौचालयको व्यवस्था गरिएको र कार्यालयको छुट्टै वेवसाइट, इमेलको व्यवस्था गर्दै कार्यालयलाई पूर्णरुपमा प्रविधिमैत्री बनाउँदै लगिएको छ ।

“हामी स्मार्ट मालपोत बनाउने अभियानमा छौँ, करीब–करीब स्मार्ट मालपोत अवधारणाका सूचक पूरा हुँदैछन्”, जिल्ला मालपोत प्रमुख शालिकराम आचार्यले भने । उनका अनुसार स्मार्ट मालपोत बन्नका लागि हालै स्थापित भू–सेवा केन्द्रले प्रमुख भूमिका खेल्नेछ । कार्यालयबाट हालसम्म ५२ भू–सेवा केन्द्रले अनुमति लिई काम गर्दैछन् ।

स्मार्ट मालपोत कार्यालयको अवधारणा लागू भएपछि हाल गर्दै आएको लेखापढी प्रावधान हट्ने तथा आवश्यक जानकारी इन्टरनेट जडित कम्प्युटरमा इन्ट्री मात्रै गर्नुपर्ने हुन्छ । कार्यालय प्रमुख आचार्यका अनुसार स्मार्ट मालपोतका लागि जग्गाको नामसारी वा खरीदबिक्री गर्न लेखापढी गर्नुपर्दैन, जग्गाको कित्ता नम्बर, जग्गाको क्षेत्रफल, जग्गा रहेको स्थान, सम्बन्धित जग्गाधनीको नाम र परिचय खुल्ने विवरण राखेपछि जग्गाको कागजातसम्बन्धी सम्पूर्ण काम कम्प्युटरबाटै हुन्छ ।

मालपोत अधिकृतको रोहबरमा जग्गाधनीको मञ्जुरीमा अनुहार र औँठाको छाप ‘बायोमेट्रिक’ गरेपछि सम्बन्धित अधिकारीले नामसारी वा खरीदबिक्रीलाई प्रमाणित गर्ने व्यवस्था स्मार्ट कार्यालयमा हुन्छ । कार्यालय प्रमुख आचार्यले भने, “स्मार्ट मालपोतमा सरकारी अधिकृतले नै आवश्यक कागजातको रुजू गर्छन्, इलेक्ट्रोनिक कपी तयार गरी सिष्टममा सुरक्षित हुन्छ, यसपछि मालपोत कर्यालयमा लेखापढी गर्नेहरुको आवश्यकता पर्दैन ।”

कार्यालयबाट भू–सेवा केन्द्रमार्फत लिखत पारित (राजिनामा, बकस, छोडपत्र र सगोलनामा), नामसारी, रोक्का÷फुकुवा, हालसाविक, प्रतिलिपि, विद्युतीय अभिलेख संशोधन र दाखिल खारेजको काम भइरहेको मातपोत अधिकृत रमेश पौडेलले जानकारी दिए । उनले भने, “अब हाम्रो सिष्टमलाई फलो गरी घरबाटै जग्गा प्रशासनसम्बन्धी निवेदन दिन सकिनेछ ।” भू–सेवा केन्द्रमार्फत भएका कार्यसम्पादनको सकारात्मक र नकारात्मक पक्षको अनुगमन भइरहेको उनले बताए । अनलाइन सेवाबाट कार्यालयलाई तथ्याङ्कमा सरलता, राजश्व रकम गणनामा सहजता तथा पारदर्शिता हुने, कीर्ते कारोवारमा न्यूनीकरण, जग्गाको हदबन्दी कार्यान्वयनमा सहज, अनलाइन अनुगमन तथा सेवाग्राहीलाई प्रणालीमा पहुँच र सुरक्षाको प्रत्याभूतिसम्बन्धी फाइदा पुग्ने पनि उनले जानकारी दिए ।

काभ्रेपलाञ्चोकमा हाल व्यक्तिगत जग्गाधनी तीन लाख ३१ हजार ५०० को पाँच लाख ६७ हजार ६३ कित्ता जग्गा रहेको तथा १६ हजार ६५० कित्ता सरकारी सार्वजनिक जग्गा रहेको कार्यालयले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभर रहेका १३१ मालपोत कार्यालयलाई अनलाइन प्रणालीमा जडान गर्दै जाने योजना मुताविक काठमाडौंको कलङ्की र साँखु मालपोत कार्यालयलाई नमूना स्मार्ट कार्यालयका रुपमा घोषण गरिएको छ ।