२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौबिसे–नागढुङ्गा सडक अष्टमीका दिन मर्मत गरिने

अ+ अ-

चितवन । उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको गणेश मन्दिर क्षेत्रमा आइतबार अष्टमीका दिन मर्मतसम्भार गरिने भएको छ । असोजको पहिलो साता तीन दिन दैनिक एक घण्टा एकतर्फी सवारी रोकेर मर्मतसम्भार गर्दा पाँच दिनसम्म सडक प्रभावित बनेको थियो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सवारी रोकेर कालोपत्रे दबेको ठाउँमा भरेर कालोपत्रे गरिँदै छ । यसअघि अन्य क्षेत्रमा मर्मतसम्भार भइसकेको उनले बताए । वर्षभरिमा सबैभन्दा कम सवारी चाप दशैँका दिनमा हुने अनुमान गर्दै अष्टमीका दिन काम गर्न लागिएको हो ।

सवारी चाप बढी भएर यात्रुलाई मर्का पर्ने अवस्था आएमा भने काम रोकिने छ । अधिकारीले यात्रुलाई प्रभावित नपार्ने गरी दबेको सडक मर्मत गर्न लागिएको बताउनुभयो । निकै दिनको प्रयास पछि मजदूरको व्यवस्थापन गरिएको उनले वताए । सो सडकखण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडकखण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौँले हेर्ने गर्दछ ।

अधिकारीले सो सडकखण्ड मर्मतसम्भार गर्न निकै कठिन हुने गरेको बताए । सडक मर्मत नगर्दा पनि नहुने र गर्दा पनि जस नपाइने गुनासो उनको छ । अन्य समयमा १० मिनेट सडक रोक्दा तीन किलोमिटरसम्म सडक जाम हुने गरेको अधिकारी बताउँछन् । सो क्षेत्रमा छदेखि सात मिटरमात्र सडक चौडा छ । सोही सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन् ।

सो खण्डमा मर्मतसम्भारका लागि गत वर्ष बोलपत्र आह्वान गरिए पनि कसैले पनि बोलपत्र समावेश गरेनन् । यस वर्ष पनि पहिलो बोलपत्र कसैको पनि नपरेको अधिकारीको भनाइ छ । काम गर्न नसक्ने भए पछि ठेकेदार कम्पनीले मुग्लिनदेखि पिप्लामोडसम्मनै मर्मतका लागि बोलपत्र समावेश नगर्ने गरेको उनले बताए ।

असुरक्षित बन्दै पैदलयात्री

गएका दुई महीनामा जिल्लाका विभिन्न सडकमा पैदल हिँडिरहेका ११ जनाको सवारीसाधनको ठक्करबाट मृत्यु भएको छ । सवारीकै ठक्करले नौ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार गत आर्थिक वर्षमा पैदल हिँड्दै गरेका ४१ को सवारीको ठक्करबाट मृत्यु भएको थियो । त्यस वर्ष ७९ घाइते भएका थिए ।

यात्रीको आफ्नै कारण, चालकको लापरवाही र साँघुरा सडकका कारण पैदलयात्री असुरक्षित हुने गरेका गिरिको ठम्याइ छ । मदिरा सेवन गरेरबीच सडकमा हिँड्ने र जेब्राक्रसबाट बाटो नकाट्ने बढी दुर्घटनामा पर्ने गरेका छन् । यसैगरी मदिरा सेवन गरेर सवारी चलाउने चालक र मदिरा सेवन नगरेकै भए पनि जथाभावी सवारी हाक्नेका कारणले पैदलयात्री असुरक्षित बनेको गिरी बताउँछन् ।

साँघुरा सडकमा मानिस नदेखिएका कारण सवारीको ठक्करबाट मृत्यु भएको पनि पाइएको छ । गिरीका अनुसार पैदलयात्रा गर्दा मृत्यु हुनेमा धेरैजसो वृद्धवृद्धा हुने गरेका छन् । चालक र पैदलयात्री दुवै सचेत नभएसम्म यस्ता घटना रोक्न नसकिने उनको भनाइ छ ।