२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करारका कर्मचारीले तलब पाएनन्

अ+ अ-

भोजपुर । नगर प्रमुखले तलबभत्ता रोकिदिएको भन्दै षडानन्द नगरपालिकाका करारका कर्मचारी आक्रोशित भएका छन् । केही महिनादेखि रोकिएको तलब बडादशैंँमा घर फर्कने बेलासम्म नगर प्रमुख वीरबल राईले निकासा गर्न नमानेपछि आक्रोशित बनेका हुन् ।

नगरपालिकाका करारतर्फका ११० कर्मचारीको गत साउन महिनादेखि तलबभत्ता रोकिएको छ । साउन र भदौको तलबले दशैंँ मनाउने आशामा रहेका कर्मचारीलाई राईले बढेको तलब र दशैँ भत्ता रद्द गरिदिएपछि रित्तै हात घर फर्कनुपर्ने चिन्ता थपिएको कर्मचारी मन्दीप राईले गुनासो गरे ।

नगरपालिकाको लेखाफाँटले पनि सबै प्रक्रिया पु¥याएको र नगर प्रमुखको अन्तिम स्वीकृति मात्र बाँकी रहेको जनाएको छ । लेखाफाँटका कर्मचारी राजेश दाहालले भने “लेखाफाँटबाट हुनुपर्ने कामहरु सबै भइसकेको छ, कागजपत्र तयारी अवस्थामा छ तर मेयर राईले ‘मैले हुन्छ भने पछि मात्रै तलब दिनू’ भनेकाले तलब हाल्न नसकिएको हो ।”

प्रमुख राईले कर्मचारीको आफ्नो हाजिरीखातामा रातो मसी हालिएकाले तलब रोकिएको बताए । रातोमसी लागेपछि तलब उपलब्ध गराउन नमिल्ने उनको भनाइ छ । गत साउन २६ गते नगरपालिकाको निर्णयविनै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले आफुखुशी नगरपालिकाका कर्मचारी समायोजन गरिएको सूचना टाँसेका थिए ।

यही असोज १३ अगावै समायोजन गरिएको स्थानमा कर्मचारी खटिनुपर्ने सूचना टाँसिए पनि केही दिनअघि सिन्धुली सरुवा भएका प्रशासकीय अधिकृत कोइरालाले आफू सरुवा हुनुपूर्व कर्मचारीको हाजिरीखातामा हाजिर गर्न प्रमाणित गरेको कर्मचारी दीपराज राईले बताए ।

कार्यपालिकाले निर्णय नै नगरी कर्मचारी समायोजन गरेर विनापत्र कर्मचारी नखटिएकाले प्रमुखले रातो मसी लगाएर तलब रोक्नु कर्मचारीमाथि अन्याय भएको उपप्रमुख मेरिका राईले बताए । उनले नियमित काममा खटिने नगरपालिकादेखि वडातहसम्मका कर्मचारीको तलब रोकिदिन नहुने बताए । नगरपालिकाका जनप्रतिनिधि र स्थायी कर्मचारीले सेवासुविधा र तलब पाउँदा करारका कर्मचारीलाई समस्यामा पार्न नहुने उप–प्रमुख राईको भनाइ छ ।