२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय ह्याण्डबल टोलीमा विदेशी प्रशिक्षक

अ+ अ-

कास्की । नेपाली राष्ट्रिय ह्यान्डबल टोलीलाई प्रशिक्षणका लागि पोर्चुगलका ह्यान्डबल प्रशिक्षक पोखरा आएका छन् ।

नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) तयारीमा रहेको नेपाली टोलीलाई प्रशिक्षणका लागि प्रशिक्षक जोआ फ्लोरेन्सियो यहाँ आएको नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

आगामी तीन महीनाका लागि नेपाली टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका उनी राष्ट्रिय खेलकूद परिषद्को सहयोग र सङ्घको निमन्त्रणामा आएका हुन् ।

प्रशिक्षक फ्लोरेन्सियोले आजदेखि प्रशिक्षण शुरु गर्ने बताइएको छ । उनलाई बुधबार पोखरा विमानस्थलमा सङ्घका पदाधिकारीहरुले स्वागत गरेका थिए । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने सागको तयारीका लागि ह्यान्डबलको महिला २२ र पुरुष २२ खेलाडी पोखरा रङ्गशालास्थित ह्याण्डबल एकेडेमीमा बन्द प्रशिक्षणमा रहेका छन् ।

सागमा महिला तथा पुरुष ह्यान्डबलको प्रतिस्पर्धा पोखरामा सञ्चालन गर्ने तयारी गरिएको छ । प्रशिक्षक फ्लोरेन्सियोसँग पोर्चुगलको युवा ह्यान्डबल टोली तथा दुई वर्ष अफ्रिकाको अङ्गोलामा प्रशिक्षण गराएको अनुभवबाट नेपाली टोलीले लाभ लिने सङ्घका सचिव केशव पाठकले बताए।