२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्यमीलाई प्रविधि हस्तान्तरण

अ+ अ-

दमौली । घरेलु तथा साना उद्योग विकास समिति दमौलीले जिल्लाका ६९ उद्योगलाई प्रविधि हस्तान्तरण गरेको छ । कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका उद्योगको प्रवर्द्धनका लागि कार्यालयले विभिन्न उद्योगलाई प्रविधि हस्तान्तरण गरेको हो ।

उद्यमीलाई प्रोत्साहन र उद्योगको प्रवर्द्धनका लागि सिलाइकटाइ, ब्युटिपार्लर, फर्निचर, बाख्राफार्म, ढाका, अचार, गाईफार्मलगायतका उद्योगलाई प्रविधि हस्तान्तरण गरिएको कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार २९ सिलाइकटाइ, ११ ब्युटिपार्लर, १२ फर्निचर, तीन आर्टस्, तीन गाईफार्म, दुई कृषिफार्म र एक/एक होजियारी, बाख्राफार्म, ढाका, अचार, मौरीपालन, प्रेसलाई प्रविधि हस्तान्तरण गरिएको छ । सिलाइकटाइ उद्योगलाई ४५ डिजिटल सिलाइ मेशिन, २९ सिलाइ मेशिन, पाँच पिको, तीन डिजिटल ओभरलक, एक कपडा काट्ने मेशिन, ब्युटिपार्लर उद्योगलाई तीन फेस स्टिम, तीन हेयर स्टिम, तीन टर्ली, सात फेसियल बेड, ११ डायर, २० आइरन, १६ कटिङ कुर्ची, फर्निचर उद्योगलाई नौ साइजर मेशिन, दुई चेन्सो मेशिन प्रदान गरिएको कार्यालयले जनाएको छ ।

बाख्राफार्मलाई उन्नत जातको बोका, ढाका उद्योगलाई दुई ढाका तान, एक सिलाइ मेशिन, अचार उद्योगलाई ग्राण्डर, डायर, सिलिङ, गाईफार्मलाई तीन चापकटर, डिजिटल ढक, कृषि फार्मलाई पावर टेलर, मिनी टेलर, सम्मरसिंगललगायत प्रदान गरिएको छ ।

कार्यालयले गत आर्थिक वर्षनै ४०१ लाई विभिन्न सीपमूलक तालीम प्रदान गरेको प्रमुख ढकालले जानकारी दिए । ढकालका अनुसार युवालाई हाउस वायरिङ, प्लम्बिङ, मुढा बनाउने, ड्राइभिङ, ब्युटिपार्लर, झोला बनाउनेलगायतका तालीम प्रदान गरिएको थियो । कार्यालयले सञ्चालन गरेको कार्यक्रममार्फत ग्रामीण र परम्परागत पेशामा यान्त्रीकरणमार्फत प्रभावकारितामा वृद्धि, कृषिको व्यावसायिकरणमार्फत आयमा वृद्धि, महिला उद्यमशीलता अभिवृद्धिका साथै लैङ्गिक सशक्तीकरणमा वृद्धि आएको बताइएको छ ।

विसं २०४९ मा स्थापना भएको कार्यालय २०७६ भदौ १ गतेदेखि गण्डकी प्रदेश सरकार मातहत सञ्चालनमा छ । कार्यालयले उद्योग र वाणिज्य प्रशासन (दर्ता, नवीकरण, नामसारी, ठाउँसारी) सीप विकास, उद्यमशीलता विकास तालीम प्रदान, आवश्यक प्रविधि र उपकरण हस्तान्तरण र उद्योग प्रवर्द्धनलगायतका काम गर्दै आइरहेको छ । रासस