काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका लागि आउँदा र जाँदाको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तथा अवतरण केही समय प्रभावित हुने भएको छ ।
नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सीको आवागमन सहज पार्न विमानस्थलले उडान तथा अवतरण स्थगित गर्न लागेको हो ।
भीभीआईपी मुभमेन्टका लागि दई दिन विमान अवतरण र उडान केही समयका लागि स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।
स्रोतका अनुसार शनिबार अपराह्न १४ः५५ देखि १७ः५५ बजेसम्म भीआईपीको आगमनपूर्व उडान तथा अवतरणमा पर्न सक्ने सम्भावित प्रभावबारे एयरम्यानलाई जानकारी दिन सूचना जारी गरिएको छ । नेपाल एयरलाइन्सदेखि एयर अरेवियासम्म ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् ।
त्यस्तै आइतबार बिहान ११ः२० देखि १३ः५० बजेसम्म अन्तर्राष्ट्रिय उडानका विमानहरूको उडान प्रभावित हुनेछ । जसका कारण ५४ विमानको उडान प्रभावित हुने विमानस्थलले जनाएको छ ।
राष्ट्रपति सी शनिबार अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेर आइतबार बिहान स्वदेश फर्कने छन् ।
यस्तो छ तालिका :







