२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैँ अवधिमा १ सय १३ सवारी साधन कारवाहीमा

अ+ अ-

राँझा । नेपालगञ्जमा दशैँको बेला नियमविपरीत सञ्चालन भएका ११३ सवारी साधन कारवाहीमा परेका छन् । नियमविपरीत सञ्चालित ११३ सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक भीमराज वलीले बताए।

उनका अनुसार, ट्राफिक नियम पालना नगर्ने, कागजपत्र साथमा नराखेका र क्षमताभन्दा बढी सामान ढुवानी गर्ने ११३ सवारी साधन कारवाहीमा परेका हुन् । नियमविपरीत सञ्चालित सवारी साधनलाई कारवाही गरी रु ६७ हजार ५०० राजश्व सङ्कलन गरिएको प्रहरी नायब निरीक्षक वलीले जानकारी दिए।

असोज ११ गतेदेखि असोज २५ गतेसम्म नेपालगञ्जमा मात्रै ४५० सवारी साधनका नम्बरप्लेट पुनः लेख्न लगाइएको छ । जिल्लाभर भने ७५० बढी सवारी साधनको नम्बरप्लेट पुनः लेख्न लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए।

उनको अनुसार, नम्बरप्लेट नराखी सञ्चालनमा ल्याइएका नयाँ सवारी साधन र नम्बरप्लेट मेटिने अवस्थामा रहेका सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको हो । नियन्त्रणमा लिएका सवारी साधनलाई कोहलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमै नयाँ नम्बर प्लेट लेखाइएको हो । नियन्त्रणमा लिएर सम्झाउँदा पनि नम्बरप्लेट नलेखेको पाइएकाले तुरुन्तै नम्बरप्लेट लेख्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक बमले दशैँको अवसरमा सामान्य दुर्घटना भए पनि बाँकेमा सडक दुर्घटनाबाट कसैको ज्यान नगएको जानकारी दिए । उनका अनुसार, दशैँमा सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरूस्त कारवाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित चाडपर्व विशेष सुरक्षा रणनीति अगाडि सारिएको थियो ।

भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाकसमेत प्रहरी परिचालन गरी निगरानी गरिएका कारण सर्वसाधारण ठगिने क्रम कमी भएको प्रहरी निरीक्षक बमको दाबी छ । बाँकेमा नेपाल–भारत सीमा क्षेत्र जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा स्थायी तथा चप्परगौडी, पुष्पलालचौक र कोहलपुर चौराहमा अस्थायी यात्रु सहायता केन्द्र सञ्चालन गरिएको छ । रासस