काठमाडौं । निवर्तमान सभामुख कृष्ण बहादुर महराको सांसद पद यथावत रहेको छ ।
प्रतिनिधिसभा नियमावलीअनुसार महराले प्रतिनिधिसभा सदस्यको हैसियतमा कुनै काम गर्न नपाउने भए पनि सांसद पद यथावत् छ ।
पार्टीले कारबाही नगर्दा उनको सांसदपद यथतवत रहेको हो । मुद्दा अनुसन्धानका क्रममा पक्राउ परेकै कारण सांसद पद निलम्बित नहुने बताइएको छ ।
सभामुखबाट राजीनामा दिएका महराले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छैनन् । पार्टी निर्णयको अवज्ञा तथा अनैतिक आचरणको अभियोग लागे पनि उनलाई पार्टीले कुनै कारबाही गरेको छैन ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनलाई पार्टीले सभामुख र सांसद पदबाट राजीनमा दिन भनेको थियो। पार्टी सचिवालय बैठकले सोही अनुसारको निर्णय गरेको कुरा बाहिर आएको थियो।







