काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । हरेक २/२ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार एनआरएनले नवौं महाधिवेशन गर्न लागेको हो ।
काठमाडौंको होटल हायातमा सम्मेलन सुरु हुन लागेको हो । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।
महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व पनि चयन गर्ने छ । एनआरएनमा अध्यक्षसहित कूल १२ पदछन् । यी पदका लागि ४२ जना निर्वाचित गर्नुपर्ने प्रावधान छ ।







