२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओशो तपोवनको बसमा आगजनी

अ+ अ-

काठमाडौँ । ओशो तपोवनको बा २ क २१४७ नम्बरको बसमा सोमबार राति आगजनी भएको छ ।

तपोवनको मूल गेट अगाडि पार्किङ गरेर राखेको बसमा अवाञ्छित तत्त्वले आगजनी गरेको ओशो तपोवनले जनाएको छ ।

‘ठुलो क्षति पुर्‍याउने नियोजित उद्देश्य सहित आगजनी भएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘आगजनी गरिएको क्षेत्रमा रिसेप्सन, अफिस, र्जोर्वा रेस्टुरेन्ट, साधकहरू रहने आवासीय कक्ष तथा भण्डार कोठा र सो भण्डार कोठामा भरिएका २०० भन्दा बढी ग्यास सिलिन्डर समेत रहेका थिए ।’

बसबाट आगजनी सुरु गरेर ठुलो धनजनको क्षति पुर्‍याउने अभिप्राय रहेको देखिएपछि संयोगवश सो आगो बस मै सीमित रहन गएकोले अझ बढी क्षति हुनबाट जोगिएको विज्ञप्तिमा उल्लेख छ ।

आगजनी गर्नेहरूले प्रज्वलनशील पदार्थको प्रयोग गरीबसको टायरमा आगो लगाई बस जलाउने प्रयास गरेको तर सो गर्न समय लाग्ने भएपछि झ्यालबाट बलेको आगो बसको सिटमा फालिएको र उक्त आगलागीबाट बसका सिटहरू जलेको जनाइएको छ ।

आगजनीबाट साधकहरूलाई मनोवैज्ञानिक त्रास सिर्जना गर्न खोजेको तपोवनको भनाई छ ।

हाल सञ्चालनमा रहेको ध्यान शिविरमा विश्वभरिका १३ भन्दा बढी राष्ट्रहरूबाट २५० भन्दा बढी साधकहरूमा ध्यान गरिरहेका छन् ।

उक्त घटनाले भ्रमण वर्षमा समेत ठुलो असर पर्नुका साथै विश्वभरि पर्यटक असुरक्षित रहेको सन्देश फैलिन सक्ने बताइएको छ ।

‘विगतमा तपोवनमा आक्रमण गर्ने धम्कीहरू बारम्बार आइरहेको र तपोवनका विरुद्ध सुनियोजित रूपले विभिन्न माध्यमबाट आक्रमण भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

‘तपोवनको शान्ति सुरक्षाको लागि २०७५ कार्तिक १८ गते प्रहरी वृत्त परिसर बालाजुमा निवेदनसमेत दिई सकिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘ओशो तपोवन जस्तो पवित्र आध्यात्मिक संस्था, संस्थाका आदरणीय स्वामीजी तथा हाम्रो देशको इज्जत प्रतिष्ठामा समेत आँच पुर्‍याउने कुत्सीत भावना समेत राखी, यस्तो आगजनी जस्तो जघन्य आपराधिक कुकृत्य को भर्त्सना गर्दै यस्तो अमानवीय र आपराधिक प्रकृतिका व्यक्तिहरू पत्ता लगाई आवश्यक कानुनी कारबाही तथा शान्ति सुरक्षाको उचित व्यवस्था गर्न जोडदार माग गर्दछौँ ।’