२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिताको झण्डोत्तोलन

अ+ अ-

उहान (चिन) । सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिता मा सहभागी राष्ट्रको आज यहाँ झण्डोत्तोलन भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ । महासेनानी शशिकिरण रायमाझीको नेतृत्वमा नेपाली खेलाडी झण्डोत्तोलन समारोहमा मार्चपास गर्दै सहभागी भएका थिए ।

समारोहमा नेपालीसहित साउदी अरोबिया, बेलारुस, चिली, मङ्गोलिया र स्लोभानियाका राष्ट्रिय झण्डा एकैसाथ फहराइएको थियो । चिनियाँ जनमुक्ति सेनाले यहाँस्थित सैनिक खेलकूद गाउँमा आयोजना गरेको यस प्रतियोगिताको मुख्य नारा ‘सैनिक गौरव र विश्व शान्ति’ रहेको छ ।

प्रतियोगितामा भाग लिन बुधबार राति सबै नेपाली खेलाडी यहाँ आइपुगेका हुन् । शुक्रबार भव्य समारोहबीच उद्घाटन हुने उक्त प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ । नेपाली सेनाले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती मोर्डन पेन्टालन र सुटिङमा प्रतिस्पर्धा गर्नेछ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विशिष्ट पाहुनाका रुपमा विश्व सैनिक खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिनेछन्।

मस्कट ‘विङवीङ’ अर्थात् समुद्री माछा चयन गरिएको यो प्रतियोगितालाई सातौँ शान्ति खेलकूद नामकरण गरिएको छ । नेपालसहित विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकूद प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।

यस खेलकूद प्रतियोगितालाई ओलम्पिकको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा लिने गरिन्छ । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । यो प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछन् ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्णपदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । विश्व शान्ति कार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजका रुपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पियन’ हो ।

उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालन हुने सबै स्थान मोटरबाट ४० झण्डै मिनेटभित्रै पुग्न सकिने दूरीमा रहेकाछन् । ट्राइथलन भने ७९ किलोमिटर क्षेत्रसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका विजयी खेलाडीलाई प्रदान गरिने पदकलाई ‘शान्ति र मैत्रीका तारा’नाम दिइएको छ भने ट्रफिलाई ‘शान्तिको प्रतिक’को सङ्ज्ञा दिइएको छ ।