२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पामा ३७० नयाँ उद्योग थपिए

अ+ अ-

बेझाड । पाल्पामा उद्योग सञ्चालन गर्ने क्रम बढेको छ । उद्योगधन्दामा खासै चासो नदेखाउने यहाँका युवाले पछिल्लो समय उद्योग सञ्चालन गर्न थालेका हुन् ।

आर्थिक वर्ष २०७५/७६ को अवधिमा जिल्लामा ३७० नयाँ उद्योग थपिएका छन् । यहाँ उत्पादनमूलक, कृषि तथा वन्यजन्तुमूलक, पर्यटनमूलक र सेवामूलक गरी चार प्रकारका उद्योग दर्ता भइ सञ्चालनमा रहेका छन् ।

हालसम्म उत्पादनमूलकतर्फ ५२, कृषि तथा वन्यजन्तुमूलकतर्फ १११, पर्यटनमूलकतर्फ ९७ र सेवामूलकतर्फ ११० उद्योग दर्ता भई सञ्चालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत बालकृष्ण गैरेले जानकारी दिए ।

‘आफैँ उद्यमी भएर व्यावसाय गर्ने युवाहरुको जिल्लामा हिजोआज उत्साह बढ्दै गएको छ, यसले परनिर्भरतालाई कम बनाएको छ’, उनले भने । आव २०७५/७६ मा ३६८ उद्योग नवीकरण भएका छन् । नामसारी १७, ठाउँसारी आठ वटा उद्योग गरिएको छ । निष्क्रिय अवस्थामा रहेका ३६ उद्योग खारेजी भएका छन् । जसअन्तर्गत उत्पादनमूलक १०, कृषि तथा वन्यजन्तुमूलक १०, पर्यटनमूलक १० र सेवामूलक छ रहेको कार्यालयले जनाएको छ ।

आव २०७४÷७५ मा उत्पादनमूलक ४८, कृषि तथा वन्यजन्तुमूलक ७८, पर्यटनमूलक १०५ र सेवामूलक ८३ घरेलु उद्योग दर्ता भएका थिए । जिल्लामा हालसम्म दुई हजार ५६१ उद्योग दर्ता भई सञ्चालनमा छन् । जसमा उत्पादनमूलक ४९८, कृषि तथा वन्यजन्तुमूलकतर्फ ४५४, पर्यटनमूलकतर्फ ६४१ र सेवामूलकतर्फ ९६८ उद्योग छन् । उद्योग अधिकृत गैरेका अनुसार न्यूनतमा एक लाखदेखि एक करोड ५० लाखसम्म पूँजी राखेर दर्ता वा व्यवसाय सञ्चालन गर्न चाहेमा त्यस्ता उद्योगलाई घरेलु उद्योगमा दर्ता गरिन्छ ।

रु १० करोडसम्म पूँजी भएका उद्योगलाई साना उद्योग, रु १० करोडदेखि २५ करोडसम्म पूँजी भएका उद्योगलाई मझौला उद्योग र रु २५ करोडदेखि माथिका उद्योगलाई ठूला उद्योगका रुपमा वर्गीकरण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा यस्ता प्रकारका उद्योगहरु दर्ता हुने गरेका छन् । त्यस्तै उद्योग विभागमा रु १० करोडमाथिका उद्योग दर्ता गर्नुपर्ने प्रावधान छ । जिल्लामा रु एक करोड ५० लाखसम्मका दुई/तीन उद्योग मात्र सञ्चालनमा छन् ।

उद्योग नवीकरणका लागि तोकिएको म्याद सकिएको ३५ दिनभित्र गरे जरिवाना नलाग्ने, ३५ दिनदेखि तीन महीनासम्म दोब्बर शुल्कमा, तीन महीनादेखि एक वर्षभित्रमा तेब्बर शुल्क लिएर नवीकरण गर्दै आएको कार्यालयले जनाएको छ ।

नवीकरणका लागि एक वर्ष म्याद नाघिसकेपछि मन्त्रालयबाट नियमबमोजिम मात्र नवीकरण गर्ने व्यवस्था रहेको छ । जिल्लाको सदरमुकाम तानसेनमा मात्र नभई गाउँगाउँमा पनि विभिन्न उद्योग, व्यवसाय सञ्चालन हुने क्रम विस्तारै बढ्दै गएको पाइएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिकाभित्र पनि पछिल्लो समय उद्योग खुल्ने क्रम बढेको छ ।

लगानीमैत्री वातावरण बन्दै जादाँ थोरै लगानीबाट उद्योग सञ्चालन, ऊर्जा र कामदारको खपत धान्न सकिने भएपछि साना तथा घरेलु उद्योगमा लगानी बढ्दै गएको उद्योग अधिकृत गैरेले बताए । स्वदेशमा दक्ष जनशक्ति नहुँदा र युवापुस्ता विदेश पलायन हुँदा जिल्लामा सञ्चालित ठूला उद्योगमा भारतीय नागरिक बढी रोजगार छन् ।

तर, होटल तथा रेस्टुरेन्ट, पर्यटन उद्योग, छाला जुत्ता उद्योग, सःमिल, सिलाइकटाई, हस्तकला, धातुजन्य उद्योग, खाद्य तथा पेय, इन्जिनियरिङ वर्कसप, फर्निचर, कृषि तथा पशु फार्म, निमार्ण जस्ता साना तथा घरेलु उद्योगमा भने नेपाली कामदार बढी रोजगार रहेको उनले बताए ।

विशेष गरी पछिल्ला वर्षा रोजगारीका लागि विदेश गएर फर्किने साना तथा घरेलु उद्योगमा लगानी गर्ने क्रम बढ्दो छ । यससँगै मुलुकमा स्थिरताको अपेक्षा र पाल्पा लगानीका हिसाबले राम्रो जिल्ला भएका कारण पनि यहाँ घरेलु तथा साना उद्योगमा लगानी बढ्दै गइरहेको छ ।

हिजोआज महिलाको नाममा पनि उद्योग दर्ता हुने क्रम बढेको छ । घरेलु उद्योग महिलाको नाममा दर्ता भई सञ्चालनमा छन् । सधैँ अर्काको परनिर्भरतामा रहेका यहाँका महिला हिजोआज घरेलु उद्योग सञ्चालन गरेर आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएका छन् ।