२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिम दाङ सडक पूर्वाधारमा अगाडि : मुख्यमन्त्री पोख्रेल

अ+ अ-

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले पश्चिम दाङ सडक पूर्वाधारमा अगाडि बढिरहेको बताएका छन् । दामोदर सडकअन्तर्गत दङ्गीरण गाउँपालिका वडा नं ३ र ६ जोड्ने पक्की पुलको आज थपगाउँमा उद्घाटन गर्दैै उनले विकास निर्माणका कामले सरकारले अघि सारेको समृद्विको यात्रा सार्थक भइरहेको पनि बताए ।

मुख्यमन्त्री पोख्रेलले पुल निर्माणले नागरिकले महत्व पूर्ण सम्पत्ति प्राप्त गर्न सफल भएको र यसलाई सही सदुपयोग गर्न पनि आग्रह गरे । पूर्वाधार बनाइसकेपछि त्यसको सही सदुपयोग आवश्यक हुन्छ, जसबाट राज्यले गरेको लगानीलाई सार्थक बनाउने जिम्मेवारी नागरिकको हो मुख्यमन्त्री पोख्रेलले भने ।

सडक पूर्वाधारबाट हामीले जति धेरै आर्थिक क्रियाकलाप गर्न सक्छौँ त्यति नै राज्यले लगानीको प्रतिफल पाउनसक्ने बताउँदै उनले भने, ‘प्रदेश नं ३ ले कूल गार्हस्थ उत्पादनको ७.७ प्रतिशत वृद्धिदर हासिल गर्नसक्नु समृद्धिको यात्रातर्फउन्मुख हुनु हो । संविधानसभा निर्माणपूर्व नेपालको कूल गार्हस्थ उत्पादन ४ प्रतिशत रहेको र संघीयता कार्यान्वयन भएसँगै ७ प्रतिशत नजिक पुग्नु नेपाल समृद्धिको बाटोमा पुगेको गतिलो उदाहरण हो ।’

सातवटै प्रदेशमध्ये प्रदेश नं ५ ले जनताको सहयोग र साथले विकास निर्माणका कार्यमा सबैभन्दा बढी रकम खर्चन सकेको मुख्यमन्त्री पोख्रेलले बताए ।’जनतामा विपक्षीले निराशाको प्रचार फैलाए पनि निराशा हुनुपर्ने कुनै कारण छैन’, मुख्यमन्त्री पोख्रेलले भने। पश्चिम दाङ विगतमा विकासले पछाडि पारिएको क्षेत्रका रुपमा हेर्ने गरे तापनि वर्तमान अवस्थामा भने विकास निर्माणका कार्यले गति ल्याएको पोख्रेलले बताए ।

पश्चिम दाङ तुलसीपुर सुर्खेत सडकखण्ड कालोपत्र कार्य दुई वर्षभित्र सम्पन्न हुने र त्यसपछि कर्णाली प्रदेशको प्रवेशद्वारका रुपमा पश्चिम दाङको विकास हुने उनको भनाइ छ । मुख्यमन्त्री पोख्रेलले थारु राजा दङ्गीशरणलाई आजको पुस्तासम्म चिनाउनका लागि प्रदेश सरकारले दङ्गीशरणको शालीक निर्माण गर्ने तयारी भइरहेको बताए ।

प्रतिनिधिसभा सदस्य सुजिता शाक्यले सरकारले प्रविधि भित्र्याएर गुणस्तरीय कामको शुरुआत गरेको बताएका थिए । पूर्वाधार विकास कार्यालय दाङका इञ्जिनीयर चन्द्रबहादुर शाहले पुल रु चार करोड ८० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।

दामोदर मार्गअन्तर्गत पुल निर्माण भएसँगै दङ्गीशरण र बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका छ हजार बढी जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने भएका छन् । समयमै पुल निर्माण सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी पूर्णबहादुर भण्डारीलाई सम्मान गरेको थियो ।