२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झिनियाँ बनाउन व्यस्त महिला उद्यमी

अ+ अ-

गलकोट । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै झिनियाँको माग बढ्न थालेको छ ।

तिहार रङहरुको पर्व भएका कारण त्यसका लागि सप्तरङ्गी झिनियाँको मागसमेत अत्याधिक हुनेगरेको छ । तिहारलाई आवश्यक झिनियाँका परिकार निर्माण गर्न बागलुङका उद्यमी यतिबेला निकै व्यस्त छन् ।

बागलुङ, पर्वत तथा म्याग्दीलगायत जिल्लाबाट झिनियाँ रोटीको माग हुन थालेकाले बनाउन भ्याइनभ्याई भएको सम्बद्ध उद्यमी बताउछन् ।

भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीको रुपमा दाजुभाइलाई खुवाउने परम्परा रहेकामा अन्य चाडवाडमा पनि यसको माग बढ्न थालेकाले बाह्रैमहीना झिनियाँ रोटी बनाइने भए पनि तिहारको समयमा भने माग पुर्‍याउन धौधौ भएको उनीहरूको भनाइ छ ।

दशैंँ र तिहारलाई लक्ष गरेर दुई महीना अगाडि देखि नै झिनियाँ रोटी बनाउन थालिन्थ्यो तर यसपाली वर्षका कारण पहिलै झिनियाँ तयार गर्न मुस्किल भएकाले अहिले उत्पादन गर्न हतार भएको बागलुङ बजारस्थित मरेपिपलकी मीरा श्रेष्ठ बताउछिन्।

तिहारको बेलामा भने झिनियाँको माग अत्याधिक हुने गर्दछ । ‘दशैँसम्मै वर्षा भएका कारण यसवर्ष लक्ष्य अनुसार झिनियाँ उत्पादन गर्न सकेका छैनौँ’ उद्यमी श्रेष्ठ भन्छिन्, ‘यहीँ बेला रू चारदेखि पाँच लाखसम्मको झिनियाँका परिकार उत्पादन गर्ने लक्ष्य छ ।’ उद्यमीहरु बिहान तीन बजेदेखि नै उठेर झिनियाँ निर्माणमा व्यस्त हुने गरेका छन् ।

‘अहिले झिनियाँको माग अत्याधिक छ’ अर्का उद्यमी कुसुम बुढा बताउछिन्, ‘तिहारमा यसको महत्व भएकाले माग ह्वात्तै बढेको छ ।’ उनका अनुसार रू १ हजार ५ सयको चामलबाट करीब रू २ हजार ५ सयदेखि रू ३ हजारसम्मको झिनियाँ उत्पादन गर्न सकिन्छ । होलसेलमा प्रतिदर्जन रू १००मा तथा फुटकरमा रू १५०मा झिनियाँ बिक्री गर्दै आइरहेका उद्यमीहरु यतिबेला यसलाई तयार गरेर सुकाउनमै व्यस्त छन् ।