२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महतो फ्युल सेन्टरमा शिलबन्दी

अ+ अ-

लहान । सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरस्थित महतो फ्युल सेन्टरमा शिलबन्दी गरी विक्री वितरणमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाको अगुवाइमा नापतौल तथा गुणस्तर कार्यालय विराटनगरको प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले गरेको अनुगमनको क्रममा सो फ्युल सेन्टरले पम्पको डिस्प्ले बङ्ग्याएर प्रति पाँच लिटर पेट्रोलमा १०० मिली र प्रति पाँच लिटर डिजेलमा १४० मिली कम गरी बिक्री गरिरहेको फेला पारेपछि शिलबन्दी गरी विक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी कमल आचार्यले जानकारी दिए ।

उक्त फ्युल सेन्टरको डिस्प्ले युनिट नापतौल तथा गुणस्तर कार्यालय विराटनगरको जिम्मामा रहने गरी शिलबन्दी गरिएको सूचना अधिकारी आचार्यले बताए ।

फरार दुई पक्राउ

सरकारी छाप, दस्तखत कीर्ते र ज्यान मार्ने उद्योग मुद्दामा फरार दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा फरार सिरहाको साविक सिलोर्वा पछवारी गाविस–५ का ६० वर्षीय जुगे यादव र ज्यान मार्ने उद्योग मुद्दामा फरार सिरहा नगरपालिका– १९ का ८३ वर्षीय राम उदगार जगत दुसाधलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

प्रहरी चौकी सन्हैठा र प्रहरी चौकी सिलौर्वा पछवारीबाट खटिएको प्रहरी गस्ती टोलीले आफ्नै घर वतनमा लुकीछिपी बसेको अवस्थामा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेका दुसाधलाई ज्यान मार्ने उद्योग मुद्दामा कसुरदार ठहर गर्दै जिल्ला अदालत सिरहाले तीन महीना १८ दिन कैद यसअघि नै तोकिएको थियो । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

लागुऔषधसहित तामाङ पक्राउ

ठूलो परिमाणमा लागुऔषधसहित सशस्त्र प्रहरीले सिरहा नगरपालिका– १७ पटेर्वाबाट एक जनालाई पक्राउ गरेको छ ।

भारतीय बजारबाट स१०प ६८९७ नंको २२० पल्सर मोटरसाइकलमा सिरहातर्फ आउँदै गरेका उदयपुरको कटारी नगरपालिका–३ का ४५ वर्षीय विजेन्द्र तामाङलाई लागुऔषसहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङको साथबाट लागुऔषध कोरेक्स ९० बोतल बरामद भएको सशस्त्र प्रहरी बल सिरहाका सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहालले जानकारी दिए ।  रासस