२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुत्केरी गाउँपालिका घोषणा

अ+ अ-

बेझाड । पाल्पाको पूर्वखोला गाउँपालिकालाई प्रदेश नं ५ कै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ । बिहीबार प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले औपचारिकरूपमा पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरे।

मन्त्री बरालले पूर्ण संस्थागत सुत्केरी गाउँपालिकाको प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापालाई हस्तान्तरण गर्दै प्रदेश नं ५ कै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका गराउन सफल भएकोमा गाउँपालिकालाई धन्यवाद दिए ।

गाउँपालिकाभित्र गत आर्थिक वर्षमा ३१० सुत्केरी भएकामा पूर्वखोलाका विभिन्न स्वास्थ्य संस्थाबाट १६९ र अन्य स्वास्थ्य संस्थाबाट १४१ रहेको स्वास्थ्य उपसंयोजक मोहन ढकालले जानकारी दिए । वडा नं १ मा ८५, वडा नं २ मा ४५, वडा नं ३ मा ४५, वडा नं ४ मा ४०, वडा नं ५ मा ५७ र ६ मा ३८ जना गएको आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी भएको पाइएको छ ।

गत वैशाख २३ गते वडा नं ५ वीरकोटबाट पूर्ण संस्थागत सुत्केरी वडा घोषणा शुरु गरेको गाउँपालिकाले भदौ ३ गते वडा नं ३ रिङनेरह, भदौ २४ गते वडा नं ६ को हेक्लाङ, असोज ११ गते वडा नं २ जल्पा र असोज १५ गते वडा नं ४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको थियो ।रासस