२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दघाटमा भोलिदेखि नियमित विद्युत् सुचारु हुने

अ+ अ-

पाल्पा । आगलागीका कारण बन्द रहेको पश्चिम नवलपरासीको बर्दघाटस्थित नेपाल विद्युत् प्राधिकरणको १३२/११ केभी सवस्टेशनबाट भोलिदेखि नियमित विद्युत् आपूर्ति सुचारु हुने भएको छ । बिहीबार राति आगलागी हुँदा सवस्टेशनमा रहेको ११ केभीको नियन्त्रण कक्षमा क्षति पुगेको थियो ।

आगलागी भएको स्थानको स्थलगत निरीक्षण गरी सवस्टेशनबाट छिटोभन्दा छिटो विद्युत् आपूर्तिको व्यवस्था मिलाउन शुक्रबार नै काठमाडौँबाट आएको नेपाल विद्युत् प्राधिकरण ग्रिड विकास विभागका निर्देशक दीर्घायु श्रेष्ठ नेतृत्वको टोलीले सहजीकरण गरिरहेको छ ।

आगलागीबाट क्षतिग्रस्त भएका उपकरण काम नलाग्ने अवस्थामा रहेकाले नयाँ उपकरण मगाएर विद्युत् पुनः सञ्चालन गर्ने प्रयत्न भइरहेको उल्लेख गर्दै निर्देशक श्रेष्ठले भने, ‘ग्राहकलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ, आगलागीबाट क्षतिग्रस्त भएकाले नयाँ उपकरण ल्याइएको छ’, आज दिनभर नयाँ उपकरण जडान गरी परीक्षण गर्नेछौँ ।’

क्षतिग्रस्त भएका उपकरण हटाउन र नयाँ जडानका लागि गण्डक तथा हेटौँडादेखि पनि मर्मत टोली ल्याएर समस्या समाधानको काम गरिरहेको उनले बताए । नयाँ जडान गरिएका उपकरणको आज दिनभरिको परीक्षण सफल भएमा सोमबारदेखि नै यहाँबाट नियमित विद्युत् आपूर्ति गर्ने तयारी गरिएको निर्देशक श्रेष्ठले बताए ।

प्राधिकरणले गण्डक, परासी सवस्टेशनबाट वैकिल्पक व्यवस्था गरी विद्युत् आपूर्ति गरेको छ । सवस्टेशनको नियन्त्रण कक्षमा रहेका विद्युत् नियन्त्रण गर्ने ‘ब्रेकर सर्ट’ हुँदा आगलागी भएको सवस्टेशनका इञ्चार्ज कृष्ण शर्माले जानकारी दिए ।

‘रातिको समयमा आगलागी हुँदा तत्कालै नियन्त्रणमा लिन नसक्दा धेरै क्षति हुन पुग्यो, आठ वटा ब्रेकर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्, करोड बढीको क्षति पुगेको छ’, उनले भने । उनका अनुसार नियन्त्रण कक्षमा पस्ने दुईवटा र त्यहाँबाट बाहिर निस्कने फिडरमा आगलागी हुँदा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । यस सवस्टेशनबाट दुम्कीबास, प्रतापपुर र सुनवल फिडरसम्म विद्युत् आपूर्ति हुने गरेको छ ।