२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोटको मुख्यद्वारमै खानेपानी छैन

अ+ अ-

जाजरकोट । जिल्ला भित्रिने मुख्य प्रवेशद्वार मानिएको छेडाबजार जिल्लाका सबै ठाउँमा जाने व्यस्त बजार पनि हो ।

जाजरकोट र सुर्खेत जिल्लाको सिमानामा रहेको शिवालय गाउँपालिका –१स्थित दैनिक चहलपलह हुने छेडाबजार छिन्चु –जाजरकोट – डोल्पा सडक खण्डको चर्चित ठाउँ भए पनि यहाँ खानेपानीको अभाब हुँदा स्थानीयवासी वषौंदेखि भेरी नदीको फोहर पानी प्रयोग गर्न बाध्य छन् । जिल्लाको ठूलो व्यापारिक नाका भएर पनि खानेपानीको अभावमा भेरी नदीको भर पर्नुपर्दा स्थानीयवासी हैरान भएको स्थानीय व्यापारी जगत बुढाले बताए ।

उनले भने,’स्थानीय सरकार र प्रदेश सरकारले पनि चासो नदिएकाले अव हामीले संघीय सरकारमा कुरा पुर्‍याएका छौँ, यो आर्थिक वर्षमा केही समस्या समाधान होला कि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले डिप बोरिङबाट पानी ल्याउनका लागि पहल गर्ने भनेका छन् ।’ गाउँ नजिकै खानेपानीको मुहान नहुँदा आफूहरू भेरी नदीको पानी पिउन बाध्य भएको अर्का स्थानीयवासी दुर्गा आचार्यले बताए ।

हिउँद याममा भेरी नदीको पानी सफा भए पनि वर्षायाममा धमिलो पानी छानेर पिउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । पानीकै कारण दैनिक व्यवसाय सञ्चालन गर्न मुस्किल परेको गुनासो गर्दै स्थानीयवासी रामबहादुर सिंहले भने, ‘यही बाटो भएर जाजरकोट र डोल्पा, रुकुम पश्चिमका अधिकांश नेतादेखि संघ, संस्थाका व्यक्ति हिँड्छन्, उनीहरू पानी सफा भएन भनेर कराउँछन् तर पानी ल्याउने कुरामा कसैले पनि पहल गर्दैनन् ।’

छेडाबजारबाट जुम्ला डोल्पा र पश्चिम रुकुम हुँदै मध्यपहाडी लोकमार्गसम्मका सडक जोडिन्छन् । जाजरकोटबाट भित्रने र बाहिरिने मुख्य सडक नै यही बाटो भएर जान्छ तर खानेपानीको अभाव भएकाले माथिल्लो छेडाका बासिन्दा बसाइँ सरेर अर्को ठाउँमा जान बाध्य भएको उनले बताए ।

माथिल्लो छेडामा थोपा सिँचाइबाट आकाशको पानी जम्मा गरेर प्रयोग गर्न ट्याङ्की निर्माणका लागि शुरुका दिनमा केही काम गरिएको थियो तर त्यो पनि अहिले पूरै काम नलाग्ने अवस्थामा पुगेको छ ।

छेडाबजारमा खानेपानीका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले त्यसको व्यवस्थापनका लागि पहल जारी रहेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । सुर्खेत र जाजरकोटका बीचमा रहेको यस ठाउँमा स्थानीयवासीको विवादका कारण समस्या भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका र जाजरकोटको उक्त गाउँपालिकाका बीचमा पर्ने भएकाले दुवै गाउँपालिकाले सो ठाउँ आफ्नो भएको दाबी गदै आएका छन् ।

अहिलेसम्म निर्माण भएका संरचना सबै जाजरकोटले निर्माण गदै आएको थियो । खानेपानीको समस्या भएको थाहा पाउने वित्तिकै खानेपानी कार्यालयलाई तत्काल सम्बोधन गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । उनका अनुसार यो आर्थिक वर्षमा जसरी पनि त्यहाँ पानी पुर्‍याइने छ । रासस