२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउसीभैलोबाट प्राप्त रकम विद्यालयमा सहयोग

अ+ अ-

बाजुरा । देउसीभैलो खेलेर ४८ हजार नगद चन्दा सङ्कलन गरिएको छ । जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीमा रहेको खातीभिटा आधारभूत विद्यालयले उक्त रकम संकलन गरेको हो ।

विद्यालयको आयोजनामा यही कात्तिक ८ देखि कात्तिक ११ गतेसम्म सञ्चालन गरिएको देउसी भैलोबाट चन्दा संकलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश खडकाले बताए ।

देउसी भैलो गौमुल गाउँपालिका–१ र २ र बडिमालिका नगरपालिका वडा–३ मा खेलिएको हो । संकलित रकम विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्न र अन्य भौतिक विकासमा खर्च गरिने भएको छ ।

आपसी सद्भाव र भाईचाराको सम्बन्ध स्थापित गर्नुका साथै संस्कृतिको जगेर्ना र मनोरञ्जनका लागि देउसीभैलोको आयोजना गरिएको अध्यक्ष खड्काको भनाई रहेको छ । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति,शिक्षक र अभिभावक लगायतको सहभागिता रहेको थियो ।

यसैबीच सोही वडामा रहेको रजाली युथ क्लव,वडा स्तरीय महिला अधिकार मञ्च,वडा स्तरीय बाल क्लव र चोयाकोट बाल क्लवको आयोजनामा कात्तिक ९ गतेबाट कात्तिक १२ गते सम्म सञ्चालित देउसी भैलो कार्यक्रमबाट २३ हजार ६ सय १० रुपियाँ संकलन भएको छ ।

उक्त संकलित रकमबाट करिब रु १ लाख बराबरको साउण्ड सिष्टम बाल क्लवले खरिद गर्ने लक्ष्य लिएको अध्यक्ष कृष्ण खड्काले बताए। उक्त संकलन भएको रकम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा रहेको रजाली युथ क्लवको खातामा रकम जम्मा गरिएको छ ।रासस