काठमाडौँ । चिकित्सा शिक्षा आयोगले निर्देशक पदका लागि आवेदन माग गरेको छ।
निर्देशक सिफारिस समितिले मङ्गलवार सूचना प्रकाशित गर्दै कात्तिक २१ गतेभित्र इच्छुकले आवेदन पेस गर्न आग्रह गरेको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २८ को उपदफा १ बमोजिम व्यवस्था भएअनुसार निर्देशनालय वा बोर्डमा काम गर्न निर्देशन नियुक्त गर्न लागिएको हो ।
‘निर्देशक पदमा आवेदन दिन इच्छुकले पाँच सय शब्द नबढाई आफ्नो व्यक्तिगत सोच र बायोडाटा राष्ट्रिय योजना आयोगको शिक्षा सचिवालय वा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखामा कात्तिक २१ गतेभित्र पेस गर्न’ सूचनामा भनिएको छ।








