काठमाडौं । पोखराको निर्वाचन कार्यालय नजिकै बम विस्फोट भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै निर्माणाधीन बसपार्कभित्र विष्फोट भएको प्रहरीले जनाएको छ ।
थप विवरण आउन बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कास्की–२ मा १४ मंसिरमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि उप–चुनाव हुँदैछ । बिहीबार दलहरूले उम्मेदवारीको मनोनय दर्ता गर्ने कार्यतालिका छ ।







