२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान क्षतिको स्थलगत अध्ययन सम्पन्न

अ+ अ-

चितवन । जिल्लामा लगाइएको गरिमा जातको धानको क्षति मूल्याङ्कनका लागि स्थलगत अध्ययनको काम सम्पन्न भएको छ । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख एवं क्षतिपूर्ति मूल्याङ्कन समितिका संयोजक मदन थापाको नेतृत्वको पाँच सदस्यीय टोलीले जिल्लामा लगाइएको धानको क्षतिपूर्तिका लागि स्थलगत निरीक्षण गरेको हो ।

समितिका सदस्य सचिव एवं कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार पाँच दिन लगाएर धानखेती भएका सबै स्थानीय तहमा पुगेर अध्ययन गरी टोली फर्किएको छ । राष्ट्रिय बीउबिजन समितिको यही कात्तिक ७ गते बसेको बैठकले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्याङ्कन र सिफारिस गर्न प्रचलित कानूनअनुसार समितिलाई निर्देशन दिएको थियो ।

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष डा युवकध्वज जिसीको अध्यक्षतामा बसेको बैठकले सो समितिलाई एक महीनाभित्र सम्बन्धित मन्त्रालयमा प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको थियो । समितिका सदस्य सचिव बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापा संयोजक हुनेगरी नार्कका वैज्ञानिक, बीउ व्यवसायी प्रतिनिधि र स्थानीय तहका प्रतिनिधि समितिमा सदस्य रहने र सम्बन्धित जिल्ला हेर्ने कृषि कार्यालयका प्रमुख सदस्य सचिव हुने व्यवस्था रहेको छ ।

ढकालका अनुसार समितिले स्थलगत निरीक्षणका क्रममा गरिमा धान लगाइएको र समस्या देखिएका भनिएकाको प्रमाणित गर्ने कामसमेत गरेको छ । यसअघि ज्ञानकेन्द्रले क्षतिपूर्ति मूल्याङ्कन नगरेसम्म धान नकाट्न सबैमा आग्रह गरेको थियो । ढकालले क्षतिपूर्ति मूल्याङ्कन भइसकेकाले कृषकले धान काटेर अर्को बाली लगाउन चाहेमा कुनै समस्या नहुने बताए ।

उहाँका अनुसार गरिमा धान लगाएकामध्ये १५ प्रतिशत हाराहारी जमीनमा निकै राम्रो धान फलेको छ । अन्य क्षेत्रमा भने धान राम्रो छैन । बीउको धान भर्ने समयमा वर्णशङ्कर गरिमाको सट्टामा ढिलो पाक्ने जात परेका कारण समस्या आएको बताइएको छ । समितिले प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद्को बैठकले क्षतिपूर्तिको निर्णय गर्नेछ ।

सामान्यतय बीमामार्फत पाउने भुक्तानी हाराहारी क्षतिपूर्ति दिनुपर्ने जनाइएको छ । जिल्लाको इच्छाकामना गाउँपालिकाबाहेक छ स्थानीय तहमा यो धान लगाइएको छ । वास्तविक तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको छ । प्रारम्भिक विवरणअनुसार जिल्लामा ९६० बिघा हाराहारीमा गरिमा धान लगाइएको तथ्याङ्क छ ।

विसं २०७६ वैशाख ११ मा सूचित बीउबिजन पैठारी अनुमतिपत्र प्राप्त गरी सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्राली लमही दाङले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इण्डिया प्रालीबाट गरिमा जातका वर्णशङ्कर धानको जात आयात गरी नेपालका विभिन्न क्षेत्रमा बिक्री वितरण गरेको थियो । सो कम्पनीले गरिमा जातको ४० टन धानको बीउ आयात गर्ने अनुमति लिएको थियो । कम्पनीले ३४ टनमात्र भित्र्याएको र २३ टन बिक्री गरेको जनाएको छ । धान समयमा नपाकेपछि पछिल्लो बाली लगाउने कृषक बढी प्रभावित भएका छन् । रासस