२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेसबुकका कर्मचारीहरु माथि जातीय विभेद, फेसबुकले माग्यो माफी

अ+ अ-

कर्मचारीहरमाथि जातीय विभेद गरेको आरोपमा फेसबुकले माफी मागेको छ । फेसबुककै १२ जना कर्मचारीहरुले बेनामी ब्लग पोष्टहरुमार्फत आफुहरुमाथि जातीय रुपमा विभेद भएको गुनासो गरेसँगै फेसबुकले माफी मागेको हो ।

सिएनबिसीको एक रिपोर्ट अनुसार फेसबुक कम्पनीमा काला, हिस्पानिक र एसियाली महिला कर्मचारीहरुमाथि जातिय रुपमा भेदभाव हुने गरेको कर्मचारीहरुको गुनासो रहेको छ ।

‘फेसबुक मात्र होइन कहीँ कतैपनि कसैलाई यस्तो व्यवहार सैह्य हुन सक्दैन । हामी दुखी छौँ । यो व्यवहार एउटा कम्पनीको रुपमा हामीले राख्ने मान्यता भन्दा विपरित हो, फेसबुकको कर्पोरेट सञ्चार विभागका उपाध्यक्ष बेर्टी थोम्सनले विज्ञप्तीमा भने, हामीले निरन्तर गुनासोहरु सुन्दै सुधारका लागि कडा मेहेनत गरिरहेका छौँ ।’

फेसबुकका कर्मचारीहरुले आफ्ना ब्लग पोष्टहरुमा फेसबुकमा काम गर्दा म्यानेजरहरु, जनसम्बन्ध व्यवसायिक साझेदार तथा गोरा सहकर्मीहरुबाट हुने व्यवहार सम्बन्धी आफ्ना अनुभव लेखेका थिए ।

साथै उनीहरुले ब्लग पोष्टमा आफूहरुले नाम नखुलाउनुको कारण समेत उल्लेख गर्दै फेसबुकमा गोरा बाहेकका कर्मचारीहरुले आफ्नो गुनासो सुनाउँदा आफ्नो जागिरको सुरक्षाका बारेमा चिन्ता गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

फेसबुकमा जिम्मेवारी, मूल्यांकन तथा समीक्षाका विषयमा गोरा र अन्य वर्णका कर्मचारीहरुबीच समता नभएको पनि उनीहरुले बताएका छन् । साथै उनीहरुले फेसबुक कम्पनीमा काम गरिरहँदा आफुहरुको मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर पुगेको पनि उल्लेख गरेका छन् ।

फेसबुकका हाकिमहरु तथा मानवश्रोत विभागका प्रतिनिधिहरुबाट हुने उपेक्षा, खराब तथा आक्रामक व्यवहारका कारण आफुहरुको शारीरिक तथा मानिसक स्वास्थ्यमा उल्लेखनीय गिरावट आएको र काम गर्नै नसक्ने वातावरणको सिर्जना भएको उनीहरुको भनाई छ ।

फेसबुकमा अन्याय हुँदाहुँदै पनि आफुहरुसँग श्रोतको अभावमा फेसबुक विरुद्ध कुनै कदम चाल्न नसक्ने अवस्थामा रहेको पनि ती कर्मचारीहरुले बताएका छन् । फेसबुकमा आन्तरिक रुपमै समस्यामा परिरहेको बेला बाह्य रुपमा समेत समस्या पर्ने जोखिम उठाउन आफुहरुले नचाहेको कर्मचारीहरुको भनाई छ ।

पछिल्लो समय कहिले प्रयोगकर्ताको गोपनियताका सम्बन्धमा त कहिले राजनीतिक प्रोपोगान्डा र फेक न्यूजका सम्बन्धमा फेसबुकले पटक पटक माफी माग्दै आएको छ ।