२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन मेडिकल कलेजमा अनिश्चितकालीन तालाबन्दी

अ+ अ-

काठमाडौं । चितवन मेडिकल कलेज (सीएमसी) का विद्यार्थीहरुले कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । असोज ४ गते जिल्ला प्रशासन कार्यालयमा भएको सहमतिअनुसार काम नगरेको भन्दै विद्यार्थीहरुले आइतबारदेखि कलेजमा तालाबन्दी गरेका हुन् ।

तोकेको सममयसीमा सकिँदा पनि अतिरिक्त शुल्क फिर्ता नपाएपछि विद्यार्थीहरु आन्दोलित बनेको छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले आइतबार एक विज्ञप्ति जारी गर्दै शुल्क फिर्ता वा समायोजनको माग पूरा नभएसम्म अनिश्चितकालीन तालाबन्दी गरिएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘गत असोज ४ गते जिल्ला प्रशासन कार्यालयमा चिकित्सा शिक्षा संघर्ष समिति, अभिभावक, कलेज प्रशासन र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतको उपस्थितिमा भएको सहमति उल्लंघन भएको आजैबाट अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।’

कलेजले अवैधानिक रुपमा अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन् । कलेजले विद्यार्थीहरुबाट लिएको अतिरिक्त शुल्क फिर्ता नदिने तर समायोजन गर्न सकिने बताउँदै आएको छ ।

अतिरिक्त सबै रकम कलेजको कारोबारमा दाखिला भइसकेको र कर तथा अडिटसमेत भइसकेको भन्दै कलेजले फिर्ता दिन नसक्ने बताएको हो ।