२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा बैठक : अनुशासन आयोगको अध्यक्षमा बोहोरा, मन्त्री हेरफेर भएन

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठकले विभिन्न केन्द्रीय निकायहरुको अध्यक्ष र सचिव चयन गरेको छ । पार्टीले सांगठनीक एकीकरणको बाँकी कार्यभार पूरा गर्ने आफ्नो कार्यसूची बनाएकोमा केन्द्रीय निकायहरु गठन गर्ने कामले पूर्णता पाएको हो ।

केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकाय, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य, केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा चयन भएका छन् । यता, जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन् ।

यसबाहेक सांगठनीक एकीकरणको बाँकी काम प्रवास संगठनको बारेमा पनि छलफल भएको छ ।

केन्द्रीय आयोग गठनमा अनुशासन, लेखा परीक्षण र सल्लाहकार आयोग पूर्व एमालेको भागमा परेको छ भने निर्वाचन आयोग र जेष्ठ कम्युनिस्ट मञ्च पूर्व माओवादी केन्द्रको भागमा परेको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुनै पनि छलफल नभएको पनि जनाइएको छ । प्रधानमन्त्रीले सरकारको कामलाई प्रभावकारी र परीणाममुखी बनाउन चाहे मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने बताइएको छ ।