२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार जारी : अर्थमन्त्री डा. खतिवडा

अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले निर्यात प्रवर्द्धन तथा व्यापार घाटा कम गर्ने विषय आफ्नो प्राथमिकता रहेको भन्दै नीतिगत सुधारका लागि अन्तरमन्त्रालय समन्वयका साथ काम भइरहेको बताएका छन् ।

व्यवसायमैत्री वातावरण बनाउनेमा आफ्नो ध्यान गएको भन्दै उनले व्यवसायी संघसंस्थाले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथाशक्य सम्बोधन गर्ने पनि विश्वास दिलाए ।

नेपाल उद्योग परिसंघले निर्यात व्यापारमा देखिएको सुधारलाई कायम राख्दै निर्यात प्रवर्द्धन गर्न थप सुधारका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

अर्थमन्त्रालयमा आज भएको भेटमा नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले निर्यात प्रवर्द्धन र उद्योग–व्यवसाय तथा समग्र अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि छलफल गरेको थियो ।

छलफलमा परिसंघका अध्यक्ष सतीशकुमार मोरले निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापनमा भइरहेका सुधारको स्वागत गर्दै निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएको बताए ।

अध्यक्ष मोरले उत्पादन मूल्य कम गरी उद्योगहरुलाई थप प्रतिस्पर्धी बनाउन, आवश्यक नीतिगत सुधारका लागि पहल गर्नसमेत अर्थमन्त्री खतिवडासँग आग्रह गरे ।