काठमाडौं । उदयपुरमा सिकारीले चलाएको बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ ।
कटारी नगरपालिका–११ गोठडाँडाका शंकर राउतको गएराति भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो ।
सिकारीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर राउतको ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
तर गोली कसले चलायो भन्नेबारे केही नखुलेको बताईएको छ ।
उनको शव पोष्टमार्टमका लागि कटारी अस्पतालमा लगिएको छ ।







