२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बङ्गलादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा

अ+ अ-

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडौँको चन्द्रागिरि अवलोकन भ्रमण गरेका छन् । भ्रमण दलमा रहेका बङ्गलादेशका सांसद, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बङ्गलादेशकै परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, अन्य विशिष्ट व्यक्तिलगायत २७ जनाले अवलोकन भ्रमण गरेको हो ।

उनीहरुलाई चन्द्रागिरि केबलकारमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महाप्रबन्धक अभिषेकविक्रम शाह, सञ्चालक अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरेका थिए ।

भ्रमण दलका सदस्यले चन्द्रगिरि हिल्सको केबलकारमार्फत पुगेर प्राकृतिक सौन्दर्यको अवलोकन गरेको थियो । अध्यक्ष ढकालले उक्त लिमिटेडअन्तर्गत निर्मित विविध एकीकृत पर्यटकीय संरचनाका बारेमा जानकारी गराएका थिए ।

भ्रमणमा सहभागी बङ्लादेशका पाहुनाले चन्द्रागिरि क्षेत्रको प्रशंसा गर्दै यस भ्रमणबाट नेपालमा बङ्गलादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे । चन्द्रागिरिको अवलोकन भ्रमणका लागि बङ्गलादेशका राष्ट्रपति हमिद चन्द्रागिरि जाने पूर्वनिर्धारित कार्यक्रम भने अन्तिम समयमा विशेष कारणले रद्द भएको थियो ।