२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँघर पाउँदा आगलागी पीडित हर्षित

अ+ अ-

रारा (मुगु) । एक वर्षदेखि त्रिपालमा बस्दै आएका मुगुमकार्मारोङ्ग गाँउपालिका–४ किम्री गाउँका १९ घरधुरीका आगलागी पीडितलाई नयाँ घर हस्तान्तरण गरिएपछि उनीहरुको मुहारमा खुशी फर्किएको छ ।

किम्री गाउँका ५३ घरधुरीमध्ये १९ घरमा अघिल्लो वर्ष वैशाख २० गते भएको आगलागीबाट घरसहित अन्नबाली र धन सम्पति पूर्णरूपले क्षति भएको थियो । एक वर्षसम्म खुला आकाशमुनि त्रिपालमा हिउँद र वर्षा कष्टकर जीवन बिताउँदै आएका आगलागी पीडितलाई गत शनिबार नवनिर्मित घर हस्तान्तरण गरिँदा उनीहरुको अनुहारमा खुशी देखिएको थियो ।

वडाध्यक्ष छिरिङ टासी लामाको घरबाट सल्केको आगोले सँगै जोडिएका १९ घर पूर्णरूपले क्षति भएपछि उनीहरुको नयाँ घर निर्माण गर्ने जिम्मा ब्याक टु लाइभको आर्थिक सहयोगमा मानवअधिकार तथा वातावरण विकास केन्द्र (हिरेन्डेक)ले जिम्मा लिएको थियो । रु एक करोड २२ लाख ५५ हजारमा शौचालयसहित ढुङ्गा र काठद्वारा निर्मित १९ घर हस्तान्तरण गरिएको हिरेन्डेक नेपालका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

गएको मङ्सिर २६ गतेबाट घर निर्माण कार्य शुरु गरिएको थियो । ती घर छ महिनामा निर्माण गरी पीडित घरधुरीलाई हस्तान्तरण गर्ने लक्ष्य भए पनि हिमपात र स्थानीयवासीहरु जडीबुटी तथा यार्सागुम्बा सङ्कलनमा गएकाले निर्माणमा ढिलाइ भएको हो । एक वर्षमा घर र शौचालय निर्माण गरेर सबै पीडितले नयाँ घर पाएको वडाध्यक्ष लामाले बताए ।

एक वर्षसम्म हिउँदको चिसो र वर्षाको पानीले ९६ अग्निपीडित परिवार दैनिक कष्टकर जीवन बिताउन बाध्य भएको थियो । ‘शनिबारदेखि नयाँ घर पाएका छौँ, अब गाँउको लामा गुरुबाट घरको पूजा गरेर केही दिनमै नयाँ घरमा सर्ने योजना छ’, अग्निपीडित जेक्टोल लामाले भने ।

आगलागी भएलगत्तै हेलिकप्टरद्वारा घटनास्थल पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगलागीबाट पूर्णरूपले क्षति भएका १९ वटै घरलाई कर्णाली प्रदेश सरकारले निर्माण गरिदिने पीडितलाई आश्वासन दिएका थिए ।

मङ्सिरसम्म प्रदेश सरकारले घर निर्माणका लागि कुनै पहल नगरेपछि हिरेन्डेक नामक गैर सरकारी संस्थाले घर निर्माण गरेको पीडितले बताए । गाउँमा अग्निपीडितले घर पाएको भए पनि पूरै गाँउलाई खानेपानीको समस्या रहेको छ । स्थानीयवासीहरुले घर हस्तान्तरणमा कार्यक्रममा पुगेका प्रदेशसभा सदस्य दानसिंह परियारलाई प्रदेश सरकारले गाउँमा खानेपानीको व्यवस्था गरिदिन आग्रह गरेका थिए । सांसद परियारले खानेपानीको समस्या समाधान गर्न पहल गर्ने गाउँलेलाई आश्वासन दिएका थिए ।