२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारका मुद्धा छानबीन गर्न अख्तियारको टोली डोल्पामा

अ+ अ-

डोल्पा । डोल्पाबाट अख्तियारमा परेका मुद्धाको छानबीन गर्न अख्तियार टोली डोल्पा आएको छ । विभिन्न निकायबाट डोल्पामा आएको विकासका योजनाको अनियमितताको छानबिन गर्न अख्तियारको क्षेत्रिय टोली डोल्पा पुगेको हो ।

डोल्पामा विकासे योजनाहरुमा भएको आर्थिक अनियमितता सम्बन्धी अख्तियारमा २८ मुद्धा परेका छन । उक्त मुद्धा परेका योजनाको छानबिन र कारवाहीको प्रकृयामा रहेको अख्तियारले जनाएको छ ।

भौगोलिक रुपमा सबैभन्दा ठूलो जिल्लामा विकासे योजनामा अनिमितता भएको भन्ने हल्ला आएपनि प्रमाण र आधारमा निकै कम मुद्धाहरु परेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय सुर्खेतका प्रमुख शेसनारायण पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार कारवाहीको प्रकृयामा छिरेका मुद्दाको सुष्म निरिक्षण अनुसन्धान गरिने बताए । जिल्लामा सुशासनको अवस्था बुझेर योजनाको छानबिन र कारवाही गर्नको लागि स्थलगत अध्ययन गर्न चार सदस्यीय टोली डोल्पामा पुगेको हो ।

संघियतापछि सार्वजानीक खरिद ऐन विपरित काम भयो
डोल्पाबाट अख्तियारमा परेका मुद्धाहरुमा सार्वजनिक खरिद ऐन विपरित काम गरेको अख्तियारको टोलीले ठोकुवा गरेको छ । स्थानीय सरकारका जनप्रतिनिधिहरुले नियम विपरित आफ्नो पार्टी कार्यकर्ता र आफन्तलाई उपभोक्ता समिति गठन गरेर आर्थिक अनियमितता गरेको अख्तियार क्षेत्रीय प्रमुख शेसनारायण पौडेलले जानकारी दिए ।

स्थानीय सरकारले सार्वजानीक खरिद ऐनको व्यवस्था गरेर ठेक्कापट्टा गर्दा आफ्नो मान्छेलाई पर्ने गरी अग्रिम कमिशन लिएर कागजी प्रकृया मिलाउने गरेको, बोलपत्रमा उल्लेखित गुणस्तरीय सामाग्री खरिद नगरी कमसल सामाग्री खरिद गरेको विद्यालय शिक्षक नियुक्ति सरुवाबढुवा र विद्यालय भवन र सडक निर्माण गर्दा आर्थिक अनियमितता गरेको रहेका छन ।

यसैगरी पाउनु पर्ने सम्बन्धित व्यक्तिले नपाई फजुल व्यक्तिलाई अनुदानको रकम उपलब्ध गराएर दुरुप्रयोेग गरिएको स्वास्थ्य चौकीहरुमा औषधी खरिद नगरी विलभरपाई मिलाएर सामाजिक विकास कार्यक्रमको रकम अनियमित गरेको लगायतका मुद्धा अख्तियारको क्षेत्रीय कार्यालयमा परेका छन ।

विद्यालयका बालवालिकालाई भ्रष्टाचार रोक्न प्रशिक्षण दिँदै अख्तियार
जिल्लामा भ्रष्टाचार निकै मौलाउँदै गएको बेलामा अख्तियारको टोलीले बालवालिकाहरुलाई प्रशिक्षण दिएको छ । अख्तियार दूरुपयोग क्षेत्रिय कार्यालय सुर्खेतले डोल्पाका सयौं बालबालिकाहरुलाई भ्रष्टाचार रोक्न प्रशिक्षण दिएको छ ।

अभिभावकले बालवालिकाको कुरा काट्न नसक्ने र सकारात्मक सोच राखेर अभिभावकले भ्रष्टाचार गर्नबाट जोगिने प्रहरी नायव उपरिक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अहिलेबाट नै साना बालबालिकालाई भ्रष्टाचार गलत हो भन्ने सन्देश दिन सकेमा त्यसको असर भोली सम्म सकारात्मक रुपमा पर्ने दावी गरे । दुनैमा सररुवती माध्यामीक विद्यालयका सयौं

बालवालिकालाई भ्रष्टाचार बिरुद्ध लाग्न प्रतिबद्ध बनाउँदै १०७ मा प्रमाण जुटाएर कल गर्न डिएसपी श्रेष्ठले आग्रह गरे ।

हरेक नागरीकले मेरो जिम्मेवारी हो भन्ने मानसिक्ता राखेर नाटक, कथा, कविता, चित्रबाटै भ्रष्टाचार रोक्न अख्तियार क्षेत्रीय कार्यालय प्रमुख शेसनारायण पौडेलले आग्रह गरे ।

अख्तियारको टोलीले जिल्लाका सबै सरकारी कार्यालय, स्थानीय सरकारसँग छलफल र सहकार्य गरी रहेको अख्तियारको टोलीले जानकारी दिएको छ ।