काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिने निर्णय गरेको छ । यससँगै पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय भएको छ ।
बैठकले मन्त्री र सरकारबारे सम्पूर्ण निर्णय गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई दिने निर्णयसमेत गरेको छ ।







