२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचन २०७६ : मौन समयमा गाउँपालिका प्रवेशमा निषेध

अ+ अ-

सिमकोट । जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा वाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले जिल्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनमा गाउँपालिकाका मतादाताबाहेक अन्य पालिकाका नागरिकलाई प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ ।

जिल्लाका सात गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिका अति संवेदनशील पालिका भएकाले चुनावलाई शान्त र मर्यादित बनाउनका लागि जिल्ला सुरक्षा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । उपनिर्वाचनको मौन समय मङ्सिर ११ गते राति ७ बजेदेखि शुरु हुन्छ । सो समयमा खार्पुनाथ गाउँपालिकामा अन्य पालिकाका नागरिक र राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रवेशमा निषेध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिए ।

उपनिर्वाचनमा खार्पुनाथ गाउँपालिकामा अन्य नागरिकले प्रवेश गर्दा धाँधली हुने सम्भावना बढी देखिएकाले सुरक्षा निकायले पालिकामा प्रवेश गर्न निषेध गरिएको उनले जानकारी दिए । निर्वाचन कार्य सम्पन्न नहुँदासम्म गाउँपालिकाभित्र पूर्णरुपमा कुनै प्रकारका मदिराजन्य उत्पादन तथा बिक्री वितरण गर्न समेत रोक लगाएको छ ।

पालिकाभित्रका व्यक्तिले कानूनीरुपमा अनुमति प्राप्त गरी आफ्ना नाममा राखेका हात हतियारलाई निर्वाचन अवधिभरि जिल्ला प्रशासन कार्यालयमा बुझाउने, निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिताको पूर्णरुपमा कर्मचारी, राजनीतिक दलले कार्यान्वयन गर्ने, निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा कानूनी कारवाही गरिने, चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्ने, निर्वाचनको मौन अवधिभर मतदाता र निर्वाचन आयोगबाट जारी भएको पास भएका व्यक्तिबाहेक अन्यको आवागमनलाई कडाइका साथ निगरानी गरिनेलगायतका निर्णय गरिएको जिल्ला सुरक्षा व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिए ।

उपनिर्वाचनको मौन अवधिमा खार्पुनाथ गाउँपालिकामा आवतजावतलाई कडाइ गर्ने निर्णयसंगै अन्य गाउँपालिकाका नागरिकलाई समस्या हुने भएको छ । तल्लो क्षेत्रमा रहेका चार वटा गाउँपालिकाको आवतजावत गर्ने मुख्य बाटो सोही गाउँपालिका भएर जाने भएकाले उनीहरुलाई समस्या पर्ने भएको हो ।

सदरमुकाम सिमकोट पुग्न दक्षिण क्षेत्रका चार वटा गाउँपालिकासहित मुगु, जुम्ला बाजुरा जाने मुख्य बाटो नै खार्पुनाथ गाउँपालिका भएर जाने भएकाले यो निर्णयले जिल्लाका अन्य नागरिकलाई सदरमुकाम आवतजावत गर्न कठिनाइ हुने भएकाले यसतर्फ स्थानीय प्रशासन गम्भीर हुनुपर्ने माग स्थानीयवासीको छ ।

मतदान केन्द्रको ३०० मिटर दूरीको नजिकमा अन्य नागरिकले प्रवेश गर्न नपाउने निर्वाचन आचारसंहितमा भए तापनि पालिकामा नै प्रवेश गर्ने निर्णय गर्दा नागरिकलाई समस्या हुने देखिएको छ । रासस