२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचनमा भोजभतेरलाई प्रहरीले रोक्यो

अ+ अ-

वीरगञ्ज । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा भइरहेको भोजभतेरलाई सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोकेको छ ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा हुने वडाअध्यक्ष पदको उपनिर्वाचनमा उम्मेदवारलाई आचारसंहिताको पूर्णपालना गर्न/गराउन निर्वाचन आचारसंहिता जारी गरे पनि सोको विरोधमा त्यहाँ समाजवादी पार्टीको समर्थकले भोजभतेर गर्न तयारी गरिरहेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक राजकुमार महतको कमाण्डमा गएको प्रहरी टोलीले सो भोजभतेर रोकेको हो ।

सो वडामा समाजवादी पार्टीका समर्थक असेश्वर साह कानुको घर अगाडि टेण्ट गाडेर भोजभतेरको आयोजना गर्न लागेको समयमा रोकिएको जानकारी दिँदै सशस्त्र प्रहरी निरीक्षक महतले भने, “आचारसंहिताविपरीत गर्न लागिएको सो भोजभतेर रोकिएको हो ।”

उम्मेदवार तथा दलहरुलाई आचारसंहिताको पूर्णपालना गर्न आफैँ टोलीसँग अनुगमन गर्ने गरेको अनुगमनकर्ता तथा जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख रञ्जिता झाले बताए । निर्वाचन कार्यालयले यसअघि आचारसंहिताविपरीत सो वडामा लगाइएको झण्डा तथा तुलहरु हटाइएको छ ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीबाट निर्वाचित भएका वडाध्यक्ष बृजमोहन राय यादवको मृत्युपश्चात सखुवाप्रसौनी गाउँपालिका–५ मा वडाअध्यक्षको उपनिर्वाचन हुन लागेको छ । महुवन, बलुवा र सोलकपुर गरी तीन गाउँ सखुवाप्रसौनी वडा नं ५ मा पर्ने र त्यहाँ दुई हजार ६०२ मतदाता रहेका छन् । महुवनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मङ्सिर १४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने उपनिर्वाचनको लागि मतदान केन्द्र एक र मतदानस्थल तीन रहने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदाताले वडामा सडक सञ्जालको विस्तारलाई प्रमुख समस्याको रुपमा लिएका छन् भने उम्मेदवारहरुले भने आफूले जितेमा वडाको मुहार फेर्ने सपना बाँड्दै मत मागिरहेका छन । मतदाता भन्छन्, “वडाको विकास गर्ने, बाटोघाटो, स्वास्थ्य सेवा र गरीबी प्रमुख समस्या रहेकाले उक्त समस्या समाधान गर्ने उम्मेदवार नै हाम्रो प्राथमिकतामा रहनेछन् । सबै उम्मेदवारले आफू जित्ने दाबी गरिरहे पनि नतिजा थाहा पाउन मङ्सिर १४ गतेको उपनिर्वाचनलाई कुरिरहेका छन् ।