डोल्पा । डोल्पामा फेरी जिप दुर्घटना भएको छ । त्रिपूरा सुन्दरी नगरपालिका ३ को सू पानिबाट सदरमुकाम दुनै आउदै गरेको ब्रेक फेल भएर बेलुकी सोभा ५ बजे दुर्घटना भएको छ ।
ठुलीभेरी नगरपालिकाको भेत्तीको ओरालोमा भे १ ज ९७४ नम्बरको जिप ब्रेक फेल भएर सड्क बाट अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ९ चालक सहित ९ जना यात्रु बोकेर आएको जिपको ब्रेक फेल भयो भनेर चालक बिनोद बिकले यात्रु झारेर ओट हाल्ने क्रममा जिप आफै हुत्तिएर सड्क भन्दा सय मिटर तल झरेको जनाएको छ ।
दश जना यात्रुको क्षमता भए पनि जिपमा ९ जना मात्रै सवार थिए । चालक बिकले सबै यात्रु झारेर ओट हाल्ने बेलामा जिप सड्क भन्दा बाहिर गएर दुर्घटना भएको चालक बिकले जानकारी दिए । समयमा ब्रेक फेल भएको जानकारी गराउदा यात्रु सबै सकुशल रहेका हुन् ।
कच्ची सड्कमा सहजै यात्रु ओसार्न भने निकै कठिन छ करिब १४ किलोमिटरमा एक घण्टा भन्दा धेरै समय लाग्ने गर्दछ हाल सम्म विभिन्न सवारी दुर्घटनामा १८ जनाको ज्यान गै सकेको छ ।







