२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्छ : नेता पाण्डे

अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको सांसदसँग संवाद कार्यक्रममा उनले सरकार, विपक्षी, अन्य दल र आम नेपालीले सीमाका विषयमा एउटै आवाज बनाउनुपर्ने बताए ।

सार्वभौमसत्ता र जमीन दिने कुरामा नेपालीले कदापि सम्झौता नगर्ने भन्दै उनले यस विषयमा एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न नहुने बताए । उनले भने, “सीमा सबै मिलेर रक्षा गरौँ, देशको भूभाग गुमोस् भन्ने कसैले पनि चाहँदैन ।” एक ठाउँमा उभिएर कस्सिएर वार्ता गर्नुपर्ने भन्दै उनले थपे, “ठूलो आवाज भयो भने आज नपाइएला एउटा विन्दुमा गएर सहमति नखोजी धर पाउँदैन ।” सरकारले प्रयासको थालनी गरेको भन्दै यसअघि कतिपय सरकारले आपत्तिसमेत जनाउन नसकेको उनले बताए ।

सरकारका कामका सन्दर्भमा उनले घोषणापत्र आफैँमा महत्वकाङ्क्षी भएकाले पूरा गर्न कठिन हुने बताए । आफ्नो पार्टीले घोषणा पत्र बनाउँदा यथार्थ धरातलमा नलेखेका कारण ५०/६० प्रतिशतभन्दा बढी पूरा गर्न कठिन हुने जानकारी दिए । घोषणापत्र निर्माणका क्रममा कतिपय विषय सच्याउन लगाएको पाण्डेको भनाइ थियो । यद्यपि पार्टीले विकास र परिवर्तनका विषयलाई घोषणापत्रमा राख्नु सकारात्मक भएको उनले बताए । हरेक क्षेत्रमा सहभागिता र समानुपातिक भनियो तर गुणस्तर नखोज्दा समस्या देखिएको पाण्डेको ठम्याइ थियो ।

चितवन क्षेत्र नं १ का निर्वाचित सांसद पाण्डेले आफ्नो क्षेत्रमा भएका ठूला कार्यक्रमहरुका बारेमा जानकारी गराए । राप्ती नदीको तटबन्धनका लागि लोथरदेखि सौराहासम्मको ३४ किलोमिटर आर सिसी वालसहितको ड्याग निर्माण गर्न युरोपियन युनियनसँग झण्डै रु १० अर्ब बजेट माग भई प्रक्रिया अन्तिम चरणमा पुगेको, भण्डारा मलेखु सडकको ४ दशमलव ५ किलोमिटर सुरुङ मार्गसहित ४१ किलोमिटर सडक निर्माणको काम एशियाली विकास बैंकको सहयोगमा हुन लागेको, सौराहामा रु ५५ करोडको लागतमा सभागृह बनिरहेको, वकुलहर फिस्लिङ सडक एशियाली विकास बैंकको रु ७५ करोड सहयोगमा बनिरहेको बताए ।

यसैगरी कयर खोलाको शक्तिखोरदेखि सौराहासम्मको ५६ किलोमीटर तटबन्ध रु दुई अर्ब ३६ करोडको लागतमा काम भइरहेको, पूर्र्वी चितवनको रिङरोड निर्माण कार्य शुरु भएको, आफ्नो क्षेत्रमा पर्ने आठवटा सडकमा रु चार करोडका दरले सङ्घीय सरकारको बजेट परी काम भइरहेको उनले जानकारी दिए । महासङ्घका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा कार्यक्रम भएको थियो । महासङ्घले यसअघि चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोख्रेलसँग पहिलो कार्यक्रम गरेको थियो ।