पर्सा । पर्साको पकाहा गाउँपालिका–सबैठवामा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् ।
सोमबार राति सदाम हुसेनकी २० वर्षीया श्रीमती सहाना खातुनले आफ्नै सुत्ने कोठामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
सव पोष्टमार्टमका लागि नारायणी अस्पताल पुर्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।







