काठमाडौं । आगामी शनिबार हुने उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने आज अन्तिम दिन हो । आज राति १२ बजेपछि मौन समय सुरु हुनेछ ।
देशभरिका विभिन्न तहका ५२ स्थानमा १४ गते मतदान हुँदैछ । तीमध्ये कास्की–२ मा प्रतिनिधिसभाको चुनाव हुँदैछ भने भक्तपुर, बागलुङ र दाङ गरी तीन स्थानमा प्रदेशसभा सदस्यका लागि मतदान हुँदैछ ।
१४ गते तीन गाउँपालिका प्रमुख र एक गाउँपालिका उपप्रमुखको पनि चुनाव हुँदैछ ।
त्यस्तै, धरान उपमहानगरपालिकाको मेयर पद, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका, महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्षका लागि र हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि शनिबार मतदान हुँदैछ ।







