२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनका लागि चार सयभन्दा बढी कर्मचारी परिचालन हुने

अ+ अ-

पोखरा । कास्की क्षेत्र नं २ मा यही मङ्सिर १४ गते हुन गइरहेको प्रतिनिधिसभा पदको उपनिर्वाचनका लागि ४१० जना कर्मचारी खटिने भएका छन् । सो क्षेत्रका ८२ वटा मतदान केन्द्रमा निर्वाचन गराउनका लागि सो सङ्ख्यामा कर्मचारी परिचालन हुन लागेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी गराए ।

प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, दुई जना कार्यालय सहयोगी र एक जना सहयोगी गरी पाँच कर्मचारी र चार जना स्वयंसेवक परिचालन हुने उनले बताए।

यसैबीच निर्वाचनमा खटिने कर्मचारीहरुको तालिम सम्पन्न भइसकेको र आजदेखि नियुक्ति पत्र लिएर कर्मचारीहरु आ–आफ्ना मतदान केन्द्रमा परिचालन हुनेछन् । निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउनका लागि करिब ८०० को सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुने कार्यालय प्रमुख सुवेदीले बताए ।

कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता छन् । पोखरा महानगरपालिकाको ११ वटा वडा यस निर्वाचन क्षेत्रअन्तर्गत पर्दछन् । महानगरपालिकाका वडा नं ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ उक्त निर्वाचन क्षेत्रअन्तर्गत पर्दछन् ।