काठमाडौं । सुर्खेतमा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना भएको छ । जनज्योति माध्यामिक विद्यालय बड्डीचौरमा कृषि जेटिए अध्ययन गर्ने विद्यार्थी बोकेको ट्याक्टर कर्णाली राजमार्गअन्तर्गत बराहताल–५ हल्दुवामा बुधबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा ३३ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज वन्तले बताए । घाइते मध्ये एकको अवस्था गम्भीर रहको एसपी वन्तले जानकारी दिए ।
घाइते विद्यार्थीलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गालागाउँमा ल्याइएको छ । ट्रयाक्टरमा बसेर विद्यार्थीहरु मौरी पालनको अध्ययन गर्न जाँदै थिए ।







