काठमाडौं । हुम्लाको सिमिकोटमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
कामदार बोकेर नाम्खाबाट जिल्ला सदरमुका सिमिकोट जाँदै गरेको लु४ख ३२६९ नम्बरको टिपर दुर्घटना जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सिमिकोट पठाइएको छ । दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको सनाखत हुन सकेका छैन ।







