पोखरा । कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ ।
पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।
मतदान भइरहेका बेला बम विस्फोट भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
वम विस्फोटपछि केहीबेरका लागि नवप्रभात माध्यमि विद्यालयमा रहेको मतदानस्थलको मतदान स्थगित भएको छ ।







