पोखरा । पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।
रिटेरिङ वाल लगाउने क्रममा आएको सुख्खा पहिरोले ५ जना पुरिएकोमा ३ को मृत्यु भएको छ । दुई जना घाइते छन् ।
ज्यान गुमाउने र घाइतेको पहिचान खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।







