काठमाडौं । रेडियो नेपालका नायब कार्यकारी निर्देशक के सी स्वर्ण पदकबाट सम्मानित हुने भएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयले कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनमा उत्कृष्ट अंक ल्याएबापत कार्यकारी निर्देशक वुद्धिबहादुर केसीलाई स्वर्ण पदकद्वारा सम्मान गर्ने भएको हो ।
केसीले सन् २०१७ को परीक्षामा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गरेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयले यही मंसिर २७ गते हुने विश्वविद्यालयको दिक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीहरुलाई स्वर्ण पदकबाट सम्मान गर्ने तयारी गरेको हो ।
आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर तहमा ३.७६ जिपिए अंक ल्याएर केसीले डिस्टिंङसन् हासिल गरेका छन् ।
विगत २७ वर्षदेखी रेडियो नेपालमा कार्यरत केसीले शैक्षिक प्रशासन र व्यवस्थापन विषयमा पनि स्नातकोत्तर गरेका छन् । उनले विज्ञान विषयमा पनि स्नातक गरेका हुन् ।







