जनकपुरधाम । भिडको मौका छोपेर पाकेटमारी गर्ने डेढ् दर्जन व्यक्ति जनकपुरधामबाट आइतबार बिहान पक्राउ परेका छन् ।
जनकपुधामको विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरुमा अधिकांश महिला रहेको प्रहरीले जनाएको छ । उनीहरुको नाम र ठेगाना खुलेको छैन ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।







