१३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपालले १० स्वर्ण जितेको छ । नेपालले करातेमा पाँच, तेक्वान्दोमा चार र ट्रायथलनमा एक गरी १० स्वर्ण पदक जितेको हो ।
नेपालका लागि सोमवार अपरान्ह करातेका विप्लवलाल प्रधान र लक्ष्मण तामाङ अनि तेक्वान्दोकी आयशा शाक्य र पार्वती गुरुङले स्वर्ण जितेका छन्।
महिला एकलमा आयशा शाक्यले २९ वर्षभन्दा माथिको विधामा, पार्वती गुरुङले २३ देखि २९ वर्षसम्मको विधामा र सीना मादेनले २३ वर्षमुनिको विधामा स्वर्ण जितेका छन्।
त्यस्तै २३ देखि २९ वर्ष उमेर समूहको एकल पुम्से विधामा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जितेका हुन्। उनले भारतका राहुल जैनलाई हराएर स्वर्ण जितेका हुन्।नीवालले यसमा स्वर्ण जितेका छन्।







