२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोउवा सङ्घ र सिनिङ शहरका उद्योगी–व्यापारीबीच सहमति

अ+ अ-

पोखरा । चीनको ‘चाइना काउन्सिल फर द प्रमोशन अफ इण्टरनेशनल ट्रेड’ (सिसिपिटिआई) तथा पोखरा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिमण्डलबीच द्विपक्षीय व्यापार विस्तार तथा प्रविधि हस्तान्तरणलगायत विषयमा सहकार्य गर्ने सहमति भएको छ ।

सिसिपिटिआईका महासचिव वाङ विरोङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग पोखरा उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा कार्यसमितिका सदस्यबीच सोमबार पोखरामा भएको छलफलपछि सो सहमति भएको हो । सिसिपिटिआईका महासचिवको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा चीनको कुन्गाइ प्रान्तको सिनिङ शहरका १० उद्योगी–व्यवसायी सहभागी थिए । सिनिङ चीनको पश्चिमी भागमा पर्ने पुरानो शहर हो । तिब्बती पठारमा रहेको यो शहर पुरानो रेशमीमार्गमा पर्ने प्रसिद्ध र अग्लो ठाउँमा रहेको शहरका रूपमा चिनिन्छ । सिसिपिटिआईले चीनका लागि अन्तरराष्ट्रिय व्यापार÷व्यवसाय प्रवद्र्धनको काम गर्छ ।

छलफल कार्यक्रममा सिसिपिटिआईका महासचिव वाङले चीन सधैँ छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध गाँस्न र द्विपक्षीय व्यापार गर्न उत्सुक रहेको बताए । उनले पोखरामा हुने हस्तकला तथा अन्य प्राचीन सामान चिनियाँ बजारमा प्रवद्र्धन गर्न सघाउने वचन पनि दिए । उनले सिनिङ शहरमा उत्पादित वस्तु आवश्यक परे नेपालमा निर्यात गर्न तयार रहेको बताउँदै पोखराको पर्यटन प्रवद्र्धनमा सघाउनका लागि नेपाल भ्रमण वर्षको प्रचार गर्ने प्रतिबद्धता प्रकट गरे।

पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले नेपालले चीनबाट विभिन्न सामान आयात गर्दै आएको बताउँदै नेपाली हस्तकला र घरेलु उत्पादन निर्यातका लागि सघाउन चिनियाँ पक्षसँग आग्रह गरे । सो सङ्घका उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइरालाले चिनियाँ प्रविधि नेपाल भित्र्याउन पोखरा उद्योग वाणिज्य सङ्घले पुलको काम गर्ने बताए । सङ्घका महासचिव अर्जुन पोखरेलले गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको र सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेकाले चिनियाँ बजारमा नेपालबारे प्रचार गरिदिन पाहुना टोलीसँग आग्रह गरे ।

सो अवसरमा सङ्घका कार्यसमिति सदस्य ऋषिराम शर्मा, हर्कबहादुर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी र केशवबहादुर खत्रीले चिनियाँ पक्षसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए । अन्तक्र्रिया कार्यक्रममा सहभागी चिनियाँ उद्योगी/व्यवसायीले आफ्ना उत्पादनका बारेमा जानकारी दिँदै नेपाल र पोखरामा भएका उत्पादनको बजारीकरणमा सघाउने वचन दिएका थिए ।