२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमको भुँवाखेल शुरु

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशको डेउडापछिको दोस्रो ठूलो खेल (नाच) भुँवाखेल सोमबार यहाँ पनि शुरु भएको छ । दिपायल सिलगढी नगरपालिका–५, बागठाटा गाउँबाट उक्त खेल शुरु भएको हो । करीब पाँचदेखि सात दिनसम्म खेल खेलिने भएको सो वडाध्यक्ष मदन भण्डारीले बताए ।

उनका अनुसार डोटी राजाका पालादेखि भुवाँखेल खेल्न शुरु गरिएको हो । कम्तीमा पनि पाँच किसिमका बाजाका तालमा सातदेखि आठ प्रकारसम्म भुवाँखेल खेलिन्छ । सैनिकले तालीमस्वरुप पनि यो खेल खेल्ने गर्छन् । युद्ध मैदानमा दुश्मनसँग कसरी लड्ने र विजय हासिल गर्ने भन्ने कला पनि उक्त नाचमा देखाइने गरेको स्थानीयवासी तथा नेपाली काङ्ग्रेसका नेता विजय खड्काले बताए । “पुरानो युद्धकला जगेर्ना गर्ने उद्देश्यले यो नाच खेलिन्छ”, उनले भने, “युद्धमा आफू कसरी बच्ने र दुश्मनलाई कसरी पराजित गर्ने भन्नेबारे सिकाइने भएकाले खेलको रौनक नै अर्कै हुन्छ ।”

हातहातमा नाङ्गो तरबार बोकी खेलाडीले पुरानो राजाको पालाका पोशाक पहिरिएर पङ्क्तिबद्ध तरिकाले यो खेल खेल्ने गर्छन् । विजयादशमीको दिन जिल्ला सदरमुकाम सिलगढीको कालढुङ्गा भन्ने ठाउँमा उराउ बाजा बजाएपछि यो खेल शुरु हुने भए पनि यहाँका स्थानीयवासीले मङ्सिरको तेस्रो सातामा मात्र उक्त खेलको शुरुआत गर्ने गरेको स्थानीयवासी दीपकबहादुर भण्डारीले बताए । उनले भने, “उराउ बाजा बजाएपछि खेल हुनेबारे निश्चित हुन्छ, तर स्थानीयवासीको खेतीपातीको काम सकिएपछि मात्रै यो खेल सञ्चालन हुन्छ ।”

भुँवाखेल डोटीलगायत यहाँका पहाडी जिल्ला बाजुरा, अछाम तथा बझाङमा समेत खेल्ने गरिन्छ । दिनमा नाङ्गो तरबारले भुँवा खेल्ने तथा राति सुदूरपश्चिमेली डेउडा तथा प्राचीन राजारजौटाका बारेमा डेउडा खेल खेल्ने चलन रहेको स्थानीयवासी बताउँछन् । नाच अवधिमा डोटीको प्रसिद्ध देवी शैलेश्वरी, जिल्ला प्रशासन कार्यालय तथा पूर्वराणाकालीन दरबार डोटी गौँडामा समेत यो खेल देखाई छैटौं दिनमा कालढुङ्गामा नै गएर विसर्जन हुने गरेको दिपायलका गणेश भण्डारीले बताए ।

यो खेलमा सबैभन्दा महत्वपूर्ण तथा रोचक मानिने ‘घाँ’ नाच हो । यसमा दुई खेलाडीले हातमा नाङ्गो तरबार समाती नाच्दानाच्दै एकार्कालाई हिर्काउने र आफूलाई तरबारबाट बचाउन छेक्ने गर्छन् । भुँवा डेउडामा सबै खेलाडी सामेल हुने भए पनि ‘घाँ’ खेलमा भने सबैलाई समावेश गरिँदैन । यस खेलमा चोटपटक लाग्न सक्ने भएकाले पोख्तलाई मात्रै खेल्न दिने नियम रहेको ‘घाँ’ खेलका सिपालु स्थानीयवासी डम्बरबहादुर भण्डारीले बताए । उनले भने, ‘घाँ’ खेल अलि खतरनाक भएकाले हामी सबैलाई उक्त खेलमा समावेश गर्दैनौँ, पोख्त र युवालाई खेल्न दिन्छौँ ।” डोटीमा हुने भाँवा नाच हेर्न छिमेकी डडेल्धुराका बासिन्दा पनि आउने गर्छन् । जिल्ला बाहिर तथा ग्रामीण क्षेत्रबाट पनि खेल हेर्न आउने भएकाले उक्त खेल झन् रोचक तथा रमाइलो हुने गरेको स्थानीयवासी बताउँछन् ।