काठमाडौं । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
गुल्मी ईस्माबबाट बुर्तिवाङ तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्वरको जीप बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको मृत्यू भएको छ।
कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।







