२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१३औँ साग : महिला फुटबलमा नेपालको विजयी शुरुआत

अ+ अ-

पोखरा । १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले विजय शुरुआत गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको हो ।

नेपालले पूरा समय श्रीलङ्कालाई दबाबमा राखेको भए पनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भयो । नेपालका लागि सरु लिम्बूले ८८ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । खेलको १५औँ मिनेटमा सवित्रा भण्डारी साम्भाले डिबक्सभित्र पाएको अवसरलाई सही दिशा दिन सकिनन् । नेपालले प्रतिद्वन्द्वी श्रीलङ्कालाई खेलको शुरुआतदेखि नै दबाबमा राखेको थियो ।

नेपालका गोल किपर अन्जिला थम्बापो सुब्बाले खेलको १८ औँ मिनेटमा बल टच गरेकी थिइन् । श्रीलङ्काले खेल अवधिभर रक्षात्मक खेल खेलेका थिए । सो को अवसरमा नेपाली खेलाडीले पटक पटक डिबक्सभित्र पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेको थिएन् । टिमका क्यापटेन निरु थापाले खेलको ३८औँ मिनेटमा हानेको प्रहारलाई श्रीलङ्काका गोलकिपर अयोमी विजेराथना ले सहजै रोकिन् ।

नेपाली टिमका जर्सी नं नौ लगाएर मैदानमा उत्रिएकी सवित्रा भण्डारी खेल अवधिभर दर्शकको नजरमा रहिन् । खेल अवधिभर नेपालले दबाब राखेको भए पनि नतिजा निकाल्न नसके पछि नेपाली महिला टिमका हेड कोच हरि खड्काले खेलको ३२ औँ मिनेटमा दीपा राईलाई मैदान बाहिर निकालेर सरुलाई मैदानभित्र प्रवेश गराएका थिए । खेल अवधिभर पूरा दबाब राखेको नेपालले दोस्रो हाफको १३ औँ मिनेटमा साम्भाले प्रहार गरेको बल क्रस बारबाट बाहिरिएको थियो ।

खेलपश्चात श्रीलङ्का महिला फुटबल टिम सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले नेपालले खेलमा हारेपनि सन्तुष्ट रहेको बताए । उनले नेपालसँगको खेलमा खेलाडीले राम्रो खेल प्रदर्शन गरेको प्रतिक्रिया दिए । नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले आजको श्रीलङ्काविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताए ।